दूरसञ्चार प्राधिकरणद्वारा विभिन्न सेवाका लागि महसुल दर स्वीकृत

  • Technology Khabar | ३ भाद्र २०८३, बुधबार
दूरसञ्चार प्राधिकरणद्वारा विभिन्न सेवाका लागि महसुल दर स्वीकृत

काठमाडौं ।

दूरसञ्चार क्षेत्रको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न मोबाइल तथा इन्टरनेट प्रदायकहरुका विभिन्न सेवाका लागि महसुल दर स्वीकृत गरेको छ।

प्राधिरकणले आज एक पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै साउन महिनाभरी गरिएका काम कारबाहीसम्बन्धमा जानकारी गराउने क्रममा यस्तो बताएको हो।

प्राधिकरणका अनुसार एनसेल आजियाटा लिमिटेडको लागि टोल फ्री नम्बर र एसआइपी अफरको महसुल दर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम स्वीकृत गरिएको छ।

यस्तै प्राधिकरणले एनसेल आजियाटा लिमिटेडको अन्तर्राष्ट्रिय आउटगोइङ कल १९८ वटा मुलुकहरुको लागि पल्स दरका साथै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको लागि शर्ट कोड ३११२४ को महसुल दर पनि स्वीकृत गरेको छ।

वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेडको फिक्स्ड वायर्ड ब्रोडब्याण्ड
सेवाको महसुल दर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम स्वीकृत
गरिएको छ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई जिङगल सेवा (सूचनामूलक सन्देश सिआरबीटि सेवा) को महसुल दर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम स्वीकृत भएको छ।

यसैगरी भायानेट कम्युनिकेशन लिमिटेडले पेश गरेको महसुल दर र सुबिसु केबलनेट लिमिटेडले पेश गरेको महसुल दर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम स्वीकृत गरिएको प्राधिकरणले जनाएको छ।

प्रकाशित: ३ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China recovers rocket stage on land for first time, after earlier recovery at sea

  • Technology Khabar
  • ३ भाद्र २०८३, बुधबार