ताजा समाचार

दूरसञ्चार सेवाका बक्यौता कर तथा शुल्क मंसिर मसान्तभित्र बुझाए जरिवाना र ब्याज मिनाहा हुने

दूरसञ्चार सेवाका बक्यौता कर तथा शुल्क मंसिर मसान्तभित्र बुझाए जरिवाना र ब्याज मिनाहा हुने
Global IME Bank

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई बक्यौता कर तथा शुल्क बुझाउन प्राधिकरणको आग्रह गर्दै मंसिर मसान्तभित्र बुझाए जरिवाना र ब्याज मिनाहा दिने भएको छ।

प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै दूरसञ्चार सेवा प्रदायकहरूलाई आर्थिक ऐन, २०८३ मा भएको जरिवाना तथा ब्याज मिनाहा सम्बन्धी व्यवस्थाको उपयोग गर्न आग्रह गरेको छ।

आर्थिक ऐन, २०८३ को दफा ४९ को उपदफा (१) अनुसार सालबसाली आर्थिक ऐनबमोजिम कुनै शुल्क, दस्तुर वा कर दाखिला गर्नुपर्ने व्यक्तिले त्यस्तो रकम दाखिला नगरेको वा कम दाखिला गरेको भए, वा बुझाउनुपर्ने विवरण नबुझाएको भए, विवरण बुझाई बाँकी रकम र सोको एक प्रतिशतले हुने थप रकम २०८३ मंसिर मसान्तभित्र बुझाउनुपर्नेछ। त्यसो गरे त्यसमा लाग्ने जरिवाना, ब्याज तथा शुल्क मिनाहा हुनेछ।

उपदफा (२) अनुसार सम्बन्धित कार्यालयबाट शुल्क, दस्तुर वा कर निर्धारण भई बक्यौता कायम भएको अवस्थामा वा अदालत वा न्यायिक निकायमा मुद्दा दर्ता भई विचाराधीन रहेको अवस्थामा पनि यो सुविधा लिन सकिनेछ। मुद्दा विचाराधीन रहेकाले मुद्दा फिर्ता लिई २०८३ मंसिर मसान्तभित्र निर्धारित शुल्क, दस्तुर वा कर रकम र सोको एक प्रतिशतले हुने थप रकम दाखिला गर्नुपर्नेछ। त्यसपछि सोमा लाग्ने जरिवाना, ब्याज तथा शुल्क मिनाहा हुनेछ।

प्राधिकरणबाट दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरूले यो सुविधा उपयोग गरी बक्यौता रकम बुझाउन सक्ने भन्दै प्राधिकरणले सम्पूर्ण सेवा प्रदायकहरूलाई यस सम्बन्धमा अनुरोध गरिएको छ।

Sajilo Visa
easy care