३५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाख रुपैयाँ

  • Technology Khabar | २ भाद्र २०८३, मंगलवार
३५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं ।

सरकारले साउन महिनाको दोस्रो ‘करदाता प्रोत्साहन पुरस्कार’ का विजेताहरूको नाम सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले ‘लक्की ड्र’ मार्फत विजेताहरू घोषणा गरेका हुन्।

यस पटकको मुख्य आकर्षण रहेको १० लाख रुपैयाँ बम्पर उपहार एक उपभोक्ताले ३५० रुपैयाँको खरिदमा हात पारेका छन्। आन्तरिक राजस्व विभागका अनुसार ती उपभोक्ताले ‘गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टर’ बाट सामान खरिद गर्दा जारी भएको बिल (कुपन नम्बरः ०२६८८८९७९०३९) मार्फत सो पुरस्कार जितेका हुन्। उनले कर कट्टीपछि सात लाख ५० हजार रुपैयाँ हात पार्नेछन्।

साउन १६ देखि ३१ गतेसम्मको अवधिमा भएका करिब साढे तीन करोड कारोबारमध्येबाट उनी बम्पर विजेता छानिएका हुन्।

त्यसैगरी, साउन १६ देखि ३१ गतेसम्मको १६ दिनका लागि १६ जना दैनिक विजेताहरूको पनि घोषणा गरिएको छ। दैनिक विजेताका रूपमा छानिएका प्रत्येक उपभोक्ताले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्नेछन्। सरकारी नियमानुसार २५ प्रतिशत कर कट्टी भएपछि उनीहरूले खुद एक लाख रुपैयाँ प्राप्त गर्ने छन्।

प्रकाशित: २ भाद्र २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार