फरारीको पहिलो विद्युतीय गाडी ४ अमेरिकी करोड डलरमा बिक्री, नयाँ कीर्तिमान कायम

  • Technology Khabar | २ भाद्र २०८३, मंगलवार
फरारीको पहिलो विद्युतीय गाडी ४ अमेरिकी करोड डलरमा बिक्री, नयाँ कीर्तिमान कायम
तस्बिर: टेलिग्राफ

काठमाडौं ।

इटालियन सुपरकार ब्रान्ड फेरारीको पहिलो पूर्ण विद्युतीय मोडल फरारी लुचे मोन्टेरेमा आयोजित आरएम सोथेबीको लिलामीमा ४ करोड अमेरिकी डलरमा बिक्री भएको छ।

‘च्यासिस ०’ नाम दिइएको पहिलो कारको प्रारम्भिक मूल्य ११ लाख डलरभन्दा केही बढी अनुमान गरिएको थियो। तर सङ्कलकहरूबीच भएको प्रतिस्पर्धाका कारण यसको मूल्य बढेर ४ करोड डलर पुगेको हो।

टेलिग्राफका अनुसार यो कार विशेष ‘टेलर मेड’ कन्फिगरेसनमा बिक्रीका लागि राखिएको थियो। यसको बिक्रीबाट प्राप्त सबै रकम शैक्षिक परियोजनाका लागि फेरारी फाउन्डेसनलाई प्रदान गरिनेछ।

लुचेमा चारओटा विद्युतीय मोटर छन्, जसले १ हजार ५० हर्सपावर उत्पादन गर्छन्। यो कारले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति २.५ सेकेन्डमा लिन सक्छ।

यो बिक्रीले लिलामीमा बिक्री भएको सबैभन्दा महँगो विद्युतीय कारको कीर्तिमान कायम गरेको छ। तर यो मूल्य सामान्य मोडलहरूको मूल्य भने होइन।

उत्पादन संस्करणको मूल्य करिब ५ लाख ५० हजार युरो हुने अपेक्षा गरिएको छ।

रेकर्ड मूल्य लुचेको पहिलो उत्पादन भएको कार हुनुका साथै यो विशेष परोपकारी बिक्री भएकाले कायम भएको हो।

प्रकाशित: २ भाद्र २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार