यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न

  • Technology Khabar | ५ श्रावण २०८३, मंगलवार
यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न

काठमाडौं ।

यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ आर्टस (होटल एण्ड माइस् म्यानेजमेन्ट) सन् २०२१ ब्याचको दीक्षान्त समारोह सफलता पूर्वक सम्पन्न गरेको छ।

यो दिक्षान्त समारोह नेपालमा यति इन्टरनेशनल कलेजद्वारा सञ्चालित थाइल्याण्डको श्रीपातुम विश्वविद्यालयको र नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयबाट मान्यता प्राप्त शैक्षिक कार्यक्रमको पहिलो दीक्षान्त समारोह हो । यस महत्वपूर्ण उपलब्धिले ४५ जना स्नातक विद्यार्थीहरूको सफलतालाई सम्मान गरेका छन् ।

यस अवसरमा सम्बोधन गर्दै कलेजका कार्यकारी अध्यक्ष सञ्जय कुमार झाले विश्वव्यापी आतिथ्य र माइस् उद्योगमा प्रवेश गर्दा व्यावसायिकता, निष्ठा र आजीवन सिकाइलाई आत्मसाथ गर्न आग्रह गरे।

कलेजका निर्देशक अण राज सिलवालले विश्वव्यापी अवसरहरू खोल्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त शिक्षा प्रदान गर्ने कलेजको प्रतिबद्धतालाई थ स्पष्ट पारे भने कलेजका प्राचार्य राम दिनेश मिश्रले विद्यार्थीहरूको धैर्यताको प्रशंसा गर्दै दीक्षान्त समारोह अन्त्य नभई जिम्मेवारी र विश्वव्यापी अवसरहरूले भरिएको नयाँ यात्राको शुरुवात भएको कुरामा जोड दिए।

थाइल्याण्डको श्रीपातुम विश्वविद्यालयसँगको सहकार्यमा यति इन्टरनेशनल कलेजले उद्योगमैत्री स्नातक तहमा BA–HMM, BA–ABM, BSc–IT र स्नातकोत्तर तहमा एमबीए कार्यक्रमहरू संञ्चालन गर्दै आएको छ। यी विविध शैक्षिक कार्यक्रमहरु विशेष गरी आजको प्रतिस्पर्धात्मक बजारमा सफल हुन आवश्यक व्यावहारिक सीप र विश्वव्यापी योग्यताले विद्यार्थीहरूलाई सुसज्जित पार्न डिजाइन गरिएका जनाएको छ।

प्रकाशित: ५ श्रावण २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...