जेठ मसान्तसम्म साढे ३५ करोडमाथिको सीसीटीभी क्यामरा आयात

  • Technology Khabar | २२ असार २०८३, सोमबार
जेठ मसान्तसम्म साढे ३५ करोडमाथिको सीसीटीभी क्यामरा आयात
एआईमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को एघारौं महिना २०८३ जेठ मसान्तसम्म साढे ३५ करोडमाथिको सीसीटीभी क्यामरा आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को उक्त अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।

यो अवधिमा ३५ करोड ५५ लाख ३१ हजार बराबरको १ लाख २९ हजार ९९१ थान सीसीटीभी क्यामरा आयात भएको छ। २०८३ जेठ मसान्तसम्म सीसीटीभी क्यामराका लागि यो रकम देशबाहिर जाँदा सरकारले ६ करोड ६३ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा नेपालमा विश्वका नाम खुलेको २५ नाम नखुलेको १ गरी २६ मुलुकबाट उक्त परिमाणको सीसीटीभी क्यामरा आयात भएको देखिन्छ।

यसरी आयात भएका सीसीटीभी क्यामरालाई सीसीटीभी क्यामरा (हाइ स्पीड), सीसीटीभी क्यामरा र अन्य सीसीटीभी क्यामरा गरी तीन भागमा वर्गीकरण गरिएको छ।

यस्तो छ तथ्याङ्क

सीसीटीभी (क्यामरा हाइ स्पीड)

क्र. सं. देश परिमाण रकम
१ चीन १०००९ २७५६५
२ जर्मनी ३ १७३
३ भारत ३४६ ४१८१
४ कतार २ ३
५ यूएई १ १
६ बेलायत १ ३

 

सीसीटीभी क्यामरा

क्र. सं. देश परिमाण रकम
१ चीन १५५०३ ५१५८६
२ भारत २११२ २८९७
३ यूएई ३ २

 

अन्य सीसीटीभी क्यामरा

क्र. सं. देश परिमाण रकम
१ अस्ट्रेलिया ४ १४
२ क्याम्बोडिया १० ७६६
३ चीन ८८११४ २२३३८३
४ हङकङ ११ १६
५ भारत १३८२२ ३४२५५
६ दक्षिण कोरिया २ ५६
७ कुवेत २ २
८ नेदरल्याण्ड्स ४ ८
९ नाम नखुलेको १ ११०
१० पोर्चुगल १५ ९११३
११ कतार ७ ५
१२ स्विजरल्याण्ड २ १८
१३ ताइवान ८१२ १५१
१४ थाइल्याण्ड १ २८३
१५ यूएई १ ५
१६ बेलायत ५ ३९
१७ अमेरिका ४ २३६

 

प्रकाशित: २२ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...