आईओएस २७ सोर्स कोडले नयाँ एप्पल वेयरेबलले भिजुअल इन्टेलिजेन्सलाई समर्थन गर्ने

  • Technology Khabar | २२ असार २०८३, सोमबार
आईओएस २७ सोर्स कोडले नयाँ एप्पल वेयरेबलले भिजुअल इन्टेलिजेन्सलाई समर्थन गर्ने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एक एक्स प्रयोगकर्ता सामहेनरीगोल्डले आईओएस २७ सोर्स कोड भित्र मोडेल नम्बर बी७९० सहितको नयाँ एप्पल वेयरेबलको बारेमा उल्लेख गरिएको पत्ता लगाएका छन्। साथै डिभाइसले भिजुअल इन्टेलिजेन्ससँग सम्बन्धित सुविधाहरूलाई समर्थन गर्ने पुष्टि गरेको छ।

यो नयाँ भिजुअल इन्टेलिजेन्स सुविधाले प्रयोगकर्ताहरूलाई आईओएस २७ मा चल्ने आईफोनहरूमा पूर्वनिर्धारित क्यामरा एप प्रयोग गरेर सिरीलाई वस्तुको बारेमा सोध्न अनुमति दिनेछ। यो सुविधा आईफोन १५ प्रो र नयाँमा उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

तर सोर्स कोडले कुन डिभाइसको बारेमा कुरा गरिरहेको छ भन्ने थाहा नभए पनि आगामी डिभाइसमा क्यामरा हुने निश्चित रहेको उल्लेख गरिएको छ। साथै, कोडमा भिजुअल इन्टेलिजेन्सले काम गर्ने तरिकाको लागि निर्देशनहरू समावेश रहेको र त्यसले ल्यान्डमार्कहरू, टेक्स्ट, ज्ञात वस्तुहरू र ब्रान्ड लोगोहरू पहिचान गर्न सक्नेछ भने त्यसको लागि क्यामरा आवश्यक पर्नेछ।

साथै यो मिक्स्ड–रियालिटि एप्पल स्मार्ट ग्लासेस वा क्यामराको साथ कुनै प्रकारको एयरपडहरूको पहिलो निशान हुन सक्ने बताइएको छ। विशेष गरी पछिल्ला अफवाहहरूले एप्पलले क्यामरासहितको एयरपड्स अल्ट्राको विकासलाई निलम्बन गरेको सुझाव दिएका छन्।

प्रकाशित: २२ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार