अलिबाबाले आफ्ना कर्मचारीलाई एन्थ्रोपिकको ‘क्लोड कोड’ प्रयोग गर्न प्रतिबन्ध लगाउने

  • Technology Khabar | २२ असार २०८३, सोमबार
अलिबाबाले आफ्ना कर्मचारीलाई एन्थ्रोपिकको ‘क्लोड कोड’ प्रयोग गर्न प्रतिबन्ध लगाउने

काठमाडौं ।

चीनको अलिबाबाले जुलाई १० देखि आफ्ना कर्मचारीलाई एन्थ्रोपिकको प्रोग्रामिङ उपकरण ‘क्लोड कोड’ प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

एन्थ्रोपिकले यसअघि नै चिनियाँ कम्पनीहरू तथा ती कम्पनीको स्वामित्वमा रहेका विदेशी संस्थाहरूलाई आफ्ना एआई मोडल प्रयोग गर्न निषेध गरेको छ। कम्पनीले चिनियाँ प्रयोगकर्ताले क्लाउड प्रयोग गर्न सक्ने विभिन्न उपायहरू बन्द गर्ने काम पनि गरिरहेको बताइएको छ।

टेलिग्राफीका अनुसार हालै रेडिटमा गरिएको एक पोस्टका अनुसार ती उपायमध्ये एउटा क्लाउड कोडको यस्तो संस्करण थियो, जसले गोप्य रूपमा चिनियाँ प्रयोगकर्तालाई पहिचान गर्न सक्थ्यो।

एन्थ्रोपिकका थारिक शिहिपारले एक्समा गरेको पोस्टमा यो “अनधिकृत बिक्रेतामार्फत हुने खाताको दुरुपयोग रोक्न र डिस्टिलेसनबाट जोगाउन मार्चमा सुरु गरिएको परीक्षण” भएको बताएका छन्। डिस्टिलेसन भनेको एउटा एआई मोडललाई अर्को एआई मोडलले दिएको नतिजाको आधारमा प्रशिक्षण दिने प्रक्रिया हो।

“त्यसयता हाम्रो टोलीले अझ प्रभावकारी सुरक्षा उपाय लागू गरिसकेको छ र यो सुविधा हटाउने योजना पनि पहिलेदेखि नै थियो,” शिहिपारले बताएका छन्।

यद्यपि, विभिन्न सञ्चारमाध्यमका अनुसार अलिबाबाले क्लाउड कोडलाई उच्च जोखिमयुक्त सफ्टवेयरको रूपमा वर्गीकरण गरेको छ र कर्मचारीलाई कम्पनीकै ‘क्युडर’ उपकरण प्रयोग गर्न निर्देशन दिएको छ।

प्रकाशित: २२ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार