वानप्लस नर्ड बड्स ४ अनावरण

  • Technology Khabar | १३ असार २०८३, शनिबार
वानप्लस नर्ड बड्स ४ अनावरण
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

वानप्लसले भारतमा नर्ड बड्स ४ आधिकारिक रूपमा सार्वजनिक गरेको छ। नर्ड बड्स ४ गत मार्चमा डेब्यू गरिएको नर्ड बड्स ४ प्रोको किफायती विकल्प भएको बताइएको छ।

नन्–प्रो टीडब्ल्यूएस इयरबड्सले अझै पनि एएनसी प्रदान गर्दछ भने कुल ब्याट्री लाइफको ५४ घण्टासम्म प्रदान गर्ने दावी गरिएको छ।

नर्ड बड्स ४ मा सिलिकन इयर टिप्सको साथ इन–इयर डिजाइन रहेको छ र १२ एमएम टाइटेनियम–कोटेड डाइनामिक ड्राइभरहरूले सुसज्जित रहेको जीएसएमएरिनाले रिपोर्ट गरेका छन्।

नर्ड बड्स ४ प्रो जस्तै, स्ट्यान्डर्ड मोडेलले ट्रान्सपेरेन्सि मोडको साथमा ५२डेसिबल सम्मको एक्टिभ नोइज क्यान्सिलेसन समर्थन गर्दछ। इयरबड्स कुल ६ माइक्रोफोनहरूले सुसज्जित रहेको र त्यसले कल गुणस्तर सुधार गर्न मद्दत गर्ने वानप्लसले बताएको छ।

स्टेमहरूले टच कन्ट्रोलहरूलाई समर्थन गर्दछ भने इयरबड्सले धुलो र पानी प्रतिरोधको लागि आईपी५५ मूल्याङ्कन प्राप्त गरेको छ। साथै प्रत्येक इयरबडको तौल ४.३ ग्राम रहेको छ।

कनेक्टिभिटीको लागि, नर्ड बड्स ४ ले डुअल–डिभाइस पेयरिङ र गुगल फास्ट पेयरको साथ ब्लुटूथ ६.१ लाई समर्थन गर्दछ।

प्रत्येक इयरबडमा ६२ एमएएच ब्याट्री रहेको छ भने केसमा ५३० एमएएच सेल समावेश गरिएको छ। इयरबड्स एक पटक चार्ज गर्दा १३ घण्टासम्म र एएनसी असक्षम पारिएको अवस्थामा केसमा ५४ घण्टासम्म प्रयोग गर्न सकिने वानप्लसले बताएको छ। एएनसी सक्षम पारिएको अवस्थामा भने ब्याट्री लाइफ इयरबड्समा मात्र ६.५ घण्टासम्म र केसमा २७ घण्टासम्म घट्ने उल्लेख गरिएको छ।

नर्ड बड्स ४ ले एआई एसिस्टेन्ट र एआई ट्रान्सलेट जस्ता एआई–संचालित सुविधाहरूलाई पनि समर्थन गर्नेछ।

इयरबड्स एस्ट्रल टिल र स्टेलर ब्ल्याक रङ विकल्पहरूमा उपलब्ध छन्।
वानप्लस नर्ड बड्स ४ को मूल्य ३,२९९ भारतीय रुपैयाँ रहेका छ भने सीमित–समय लन्च मूल्य ३,०९९ भारतीय रुपैयाँ कायम गरिएको छ।

इयरबड्स जुन २९ देखि अमेजन इन्डिया, फ्लिपकार्ट, वानप्लस अनलाइन स्टोर र चयन गरिएका अनलाइन र अफलाइन खुद्रा आउटलेटहरू मार्फत बिक्री गरिनेछन्।

प्रकाशित: १३ असार २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...