एडीबीद्वारा श्रीलङ्काका लागि पाँच करोड ७४ लाख डलरको स्वच्छ ऊर्जा परियोजना स्वीकृत, भर्चुअल नेट मीटरिङ्ग” लाई सहयोग गर्ने

  • Technology Khabar | १३ असार २०८३, शनिबार
एडीबीद्वारा श्रीलङ्काका लागि पाँच करोड ७४ लाख डलरको स्वच्छ ऊर्जा परियोजना स्वीकृत, भर्चुअल नेट मीटरिङ्ग” लाई सहयोग गर्ने

काठमाडौं ।

एसियाली विकास बैङ्क (एडीबी) ले श्रीलङ्कालाई स्वच्छ ऊर्जामा पहुँच विस्तार गर्न र हरितगृह ग्यास उत्सर्जन घटाउन मद्दत गर्न पाँच करोड ७४ लाख वरावरको वित्तीय सहयोग स्वीकृत गरेको छ।

यस परियोजनाले सोलार एकत्रिकरण र “भर्चुअल नेट मीटरिङ्ग” लाई सहयोग गर्दै योग्य उपभोक्ताहरूलाई आफ्नै भवनहरूमा प्यानलहरू स्थापना नगरी सौर्य ऊर्जाबाट फाइदा लिन अनुमति दिने जनाइएको छ।

प्याकेजमा तीन करोड ५० लाख डलरको ऋण, युरोपियन युनियनबाट एक करोड ६९ लाख डलर अनुदान र संयुक्त क्रेडिट संयन्त्रका लागि जापान कोषबाट ५५ लाख डलर अनुदान समावेश छ। कार्यान्वयन एजेन्सीहरूबाट काउन्टरपार्ट कोषले कुल अनुमानित परियोजना लागत आठ करोड पाँच लाख डलरमा ल्याउने एडीबीले जनाएको छ।

एडीबीले सोलर र भर्चुअल नेट मिटर परियोजनाले दुई सरकारी स्वामित्वमा रहेका पावर युटिलिटीहरूलाई “युटिलिटी–लेड मोडेल” स्थापना गर्न मद्दत गर्ने जनाएको छ। यस मोडेलले सौर्य प्रणालीबाट उत्पन्न बिजुलीलाई जम्मा गरी योग्य उपभोक्ताहरूलाई वितरण गर्ने जनाइएको छ।

श्रीलङ्काका लागि एडीबीका कन्ट्री डाइरेक्टर श्यानन काउलिनले यस परियोजनाले किफायती नवीकरणीय ऊर्जामा पहुँच विस्तार गर्ने, ग्रिड तयारीलाई बलियो बनाउने र समावेशी ऊर्जा क्षेत्रलाई सहयोग गर्ने बताएका छन्।

यस परियोजनाले सूक्ष्म, साना र मध्यम आकारका उद्यमहरू र सामुदायिक संस्थाहरूलाई आर्थिक वा ठाउँको बाधाका कारण सौर्य प्रणाली स्थापना गर्न नसक्नेहरूलाई सामाजिक क्षतिपूर्ति संयन्त्र अन्तर्गत बिजुली लागत घटाउन मद्दत गर्नेछ।

परियोजनाले लगभग २५ मेगावाटको सौर्य शक्ति स्थापनाहरूलाई सहयोग गर्ने दुई उपयोगिताहरूको वितरण नेटवर्कलाई आधुनिकीकरण र डिजिटलाइज गर्न र वितरित नवीकरणीय ऊर्जाको अधिक प्रयोगका लागि ग्रिडलाई बलियो बनाउन पनि मद्दत गर्ने जनाइएको छ।

यस परियोजनाले हरित कौशल विकासका लागि प्रशिक्षण सुविधा स्थापना गर्ने, स्वच्छ ऊर्जा क्षेत्रमा महिलाको सहभागिता सुदृढ गर्ने र उन्नत कम कार्बन प्रविधिमा क्षमता निर्माण गर्ने एडीबीले जनाएको छ।

प्रकाशित: १३ असार २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...