
काठमाडौं ।
विश्वकै सर्वाधिक प्रतीक्षित फुटबल प्रतियोगिता फिफा विश्वकप २०२६ नजिकिँदै गर्दा नेपालको अग्रणी डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीजीओले फुटबल प्रेमीहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ।
डीजीओका अनुसार दर्शकहरूले अब आफ्नो मोबाइलमार्फत नेपाली कमेन्टरीसहित १०८०पी फुल एचडी गुणस्तरमा विश्वकपका सबै १०४ खेल प्रत्यक्ष हेर्न सक्नेछन्। यसका लागि कम्पनीले ‘मोबाइल–ओन्ली’ पास मात्र ५४९ रुपैयाँमा उपलब्ध गराएको जनाएको छ। पास डीजीओ एपबाटै खरिद गर्न सकिनेछ।
मोबाइल पासमार्फत प्रयोगकर्ताले सजिलै डीजीओ एप खोलेर केही क्लिकमै सेवा सक्रिय गर्न सक्नेछन्। साथै नेपाली र अंग्रेजी दुवै कमेन्टरीको विकल्प उपलब्ध हुनेछ। कम्पनीका अनुसार सबै १०४ खेल उच्च गुणस्तरमा निर्बाध रूपमा स्ट्रिम गर्न सकिनेछ।
डीजीओका प्रवक्ताले नेपाली दर्शकलाई उत्कृष्ट खेल अनुभव प्रदान गर्ने उद्देश्यले सहज र सुरक्षित खरिद व्यवस्था गरिएको बताए। उनका अनुसार दर्शकहरूले अब तेस्रो पक्ष वा शंकास्पद लिङ्कमा निर्भर नभई आधिकारिक माध्यमबाट विश्वकपको आनन्द लिन सक्नेछन्।
कम्पनीले अनलाइनमा देखिने ‘फ्री स्ट्रिमिङ’ वा शंकास्पद एप तथा विज्ञापनबाट सावधान रहन पनि आग्रह गरेको छ। यस्ता अनधिकृत प्लेटफर्मले प्रयोगकर्ताको व्यक्तिगत तथा बैंकिङ जानकारीमा जोखिम सिर्जना गर्न सक्ने भएकाले विश्वकप हेर्न आधिकारिक स्ट्रिमिङ पार्टनर डीजीओको एप प्रयोग गर्न कम्पनीले अनुरोध गरेको छ।
प्रकाशित: २७ जेष्ठ २०८३, बुधबार