भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ ओटा विद्युतीय गाडी नियन्त्रणमा

  • Technology Khabar | २१ जेष्ठ २०८३, बिहीबार
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ ओटा विद्युतीय गाडी नियन्त्रणमा
कोरलानाकामा विद्युतीय गाडी मुस्ताङ,२० जेठ : नेपाल-चीन उत्तरी कोरलानाकास्थित २४ नं सीमास्तम्भको दशगजा क्षेत्रको खुल्ला ठाउँमा पार्किङ गरी राखिएका विद्युतीय गाडी। चीनबाट नेपाल भित्र्याइएका ६१४ वटा गाडीको नाकामा भन्सार जाँचपास गरिएको छ । तस्बिर : सुन्दरकुमार थकाली/रासस

काठमाडौं ।

सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरला नाकाबाट भित्रिएका ७७४ ओटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ।

मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए।

गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत, नं २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन भएका थिए।

यसैगरी, नुवाकोटको पासाङल्हामु सडकबाट पनि दुई ओटा गाडी नियन्त्रणमा लिइएको छ।-रासस

प्रकाशित: २१ जेष्ठ २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार