
काठमाडौं ।
च्याटजीपीटीले एक विद्यार्थीलाई परीक्षाको क्रममा रहेको जस्तो देखिएको अवस्थामा सहयोग गर्न अस्वीकार गरेपछिको एउटा ‘स्क्रिनसट’ भाइरल भइरहेको छ।
विद्यार्थीले नाइट्रोजन भ्यालेन्स इलेक्ट्रोन र आयनिक बोन्डिङको बारेमा उत्तर पाउने आशामा रसायन विज्ञानको प्रश्नको फोटो खिचेको टेलिग्राफले रिपोर्ट गरेको छ।
तर च्याटजीपीटीले त्यसलाई समाधान गर्नुको सट्टा आपत्ति जनाएको उल्लेख गरिएको छ।
च्याटजीपीटीले प्रयोगकर्ता परीक्षामा रहेको देखिएको हुनाले उत्तर दिन नसकिने भनि बताएको उल्लेख गरिएको छ।
च्याटजीपीटीले परीक्षाको वातावरण पहिचान गरेर परीक्षाको क्रममा चोरी गर्नबाट अस्विकार गर्दै विद्यार्थीलाई सिकाइतर्फ निर्देशित गरेको बताइएको छ।
प्रकाशित: २० जेष्ठ २०८३, बुधबार