सामाजिक सञ्जाल ‘एक्स’ डाउन, एप चलाउनेहरुको सबैभन्दा धेरै गुनासो

  • Technology Khabar | ४ फाल्गुन २०८२, सोमबार
सामाजिक सञ्जाल ‘एक्स’ डाउन, एप चलाउनेहरुको सबैभन्दा धेरै गुनासो

काठमाडौं ।

विश्वभर सामाजिक सञ्जाल ‘एक्स’ डाउन भएको छ। इलन मस्कको अधिनमा रहेको सामाजिक सञ्जाल एक्समा नेपाली सेवाग्राहीहरुले पनि पहुँच पाउन सकेका छैनन्।

वेबसाइटहरु डाउन भएको तथ्यांक राख्ने डाउनडिटेक्टरकाअनुसार युजरहरुले सबैभन्दा धेरै एपमा, र त्यसपछि वेबसाइट र सर्भरमा समस्या भोगेको गुनासो देखिएको छ।

डाउनडिटेक्टरमा ४२ हजार भन्दा धेरैले गरेको गुनासोअनुसार, एक्सको एपमा ५३ प्रतिशतले समस्या भोगेका छन् भने २१ प्रतिशतले वेबसाइटमा समस्या भोगेका छन्।

सेवाग्राहीले नेपाली समयअनुसार अहिले बेलुका करिब ६ः४८ बजेदेखि समस्या भोगेको देखिन्छ।

प्रकाशित: ४ फाल्गुन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार