के हामी एक्लै छौं? एलियन जीवन पत्ता लगाउने नयाँ तरिकाको बारेमा एक अध्ययनले गर्यो खुलासा

  • Technology Khabar | २३ जेष्ठ २०८२, शुक्रबार
के हामी एक्लै छौं? एलियन जीवन पत्ता लगाउने नयाँ तरिकाको बारेमा एक अध्ययनले गर्यो खुलासा
(सांकेतिक तस्बिर)

काठमाडौं ।

एरिजोना विश्वविद्यालयका खगोल भौतिकशास्त्री डेनियल अपाईको नेतृत्वमा वैज्ञानिकहरूको टोलीले हाम्रो सौर्यमण्डलभन्दा बाहिर ताराहरूको परिक्रमा गर्ने एक्सोप्लानेट–ग्रहहरूको बसोबासयोग्यता मूल्याङ्कन गर्न एक नोभल फ्रेमवर्क (रूपरेखा) विकास गरेको छ।

परम्परागत रूपमा, बाह्य जीवनको खोजी पानीको उपस्थितिमा केन्द्रित रहेको छ। यद्यपि, अपाईको टोलीले एक थप कम्प्रिहेन्सिभ (व्यापक) मोडेल प्रस्तुत गर्दछ जसले ज्ञात वा काल्पनिक जीवहरू टाढाको संसारमा बाँच्न सक्छन् कि भनेर निर्धारण गर्नका लागि तापक्रम र मेटमबोलिक भायबिलटिी (व्यवहार्यता) सहित विभिन्न कारकहरूलाई विचार गर्दछ।

तिनीहरूको हालैको प्रकाशनमा विस्तृत रूपमा वर्णन गरिएको यो नयाँ अप्रोच (दृष्टिकोण) ले जीवनलाई समर्थन गर्ने क्षमताको मूल्याङ्कन गर्न एक्सोप्लानेटहरूको विशिष्ट वातावरणीय अवस्थाहरूको मूल्याङ्कनमा जोड दिने बताइएको छ। पानीको उपस्थितिको सरलीकृत मापदण्डभन्दा बाहिर सर्दै, मोडेलले ग्रहको बसोबासयोग्यताको अझ सटीक मूल्याङ्कन प्रदान गर्ने लक्ष्य राख्दछ।

द मेट्रोका अनुसार, अपाईको कार्य नासाको एस्ट्रोबायोलोजी कार्यक्रमद्वारा वित्त पोषित फराकिलो “एलियन अथ्र्स” परियोजनाको एक हिस्सा हो। यो अन्तरविषय पहलले नजिकैका ताराहरू वरिपरि सम्भावित बसोबासयोग्य ग्रहहरू पहिचान गर्ने र विशेषता निर्धारण गर्ने प्रयास गर्दछ जसले पृथ्वीभन्दा बाहिर जीवनको खोजीमा भविष्यका अभियानहरूलाई मार्गदर्शन गर्दछ।

“पृथ्वीमा पनि, जीवहरूलाई बाँच्नको लागि फरक अवस्था चाहिन्छ – अन्टार्कटिकामा ऊँटहरू छैनन्। विशिष्ट जीवहरूको बारेमा कुरा गरेर, हामीले प्रश्नको उत्तर दिन सजिलो बनायौं” भनि उनले द कन्भर्सेसनमा लेखेको उल्लेख गरिएको छ।

“दोस्रो, मात्रात्मक बसोबासयोग्यता ढाँचाले ब्ल्याक–अर–ह्वाइट (कालो वा सेतो) उत्तरहरूमा जोड दिँदैन। यसले सम्भाव्य उत्तर गणना गर्न कम्प्युटर मोडेलहरूको तुलना गर्छ। तरल पानी एक प्रमुख सीमित कारक हो भनेर मान्नुको सट्टा, हामी जीवलाई आवश्यक पर्ने अवस्थाहरू (“अर्ग्यानिजम मोडेल”) को हाम्रो बुझाइलाई वातावरणमा अवस्थित अवस्थाहरू (“ह्याबिटाट मोडेल”) सँग तुलना गर्छौं” भनि उनले बताए।

अपाईको टोलीले पानीभन्दा बाहिर जीवको आवश्यकताहरूको मूल्याङ्कन गरेर बसोबासयोग्यता मूल्याङ्कन गर्न एउटा मोडेल विकास गरेको उल्लेख छ। उदाहरणका लागि, ऊँटहरूलाई तातो, सुख्खा हावापानी चाहिन्छ, त्यसैले मोडेलले बरफको अन्टार्कटिकालाई अनुपयुक्तको रूपमा सही रूपमा मूल्याङ्कन गर्दछ। TRAPPIST-1e-जस्तै एक्सोप्लानेटहरूमा मोडेलको परीक्षण गर्दै, तिनीहरूले मेथानोजेन्स–एनसियण्ट माइक्रोब्स (सूक्ष्मजीवहरू) को मूल्याङ्कन गरेर ६९ प्रतिशत बासस्थान उपयुक्तता फेला पारेको बताइएको छ। यसले त्यस्ता ग्रहहरूले साधारण जीवन रूपहरूलाई समर्थन गर्न सक्छन् र थप अध्ययनको लागि बलियो उम्मेदवारहरू हुन् भन्ने संकेत गरेको एनडीटिभीले रिपोर्ट गरेको छ।

प्रकाशित: २३ जेष्ठ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...