ओपनएआईले नयाँ लगानी चरणको लक्ष्य घटाएको रिपोर्ट

  • Technology Khabar | १६ कार्तिक २०८३, सोमबार
ओपनएआईले नयाँ लगानी चरणको लक्ष्य घटाएको रिपोर्ट

काठमाडौं ।

विभिन्न सञ्चारमाध्यमका समाचारअनुसार ओपनएआईको पछिल्लो लगानी संकलन चरण अपेक्षाअनुसार अघि बढिरहेको छैन।

यसअघि ओपनएआईले प्रारम्भिक सार्वजनिक सेयर निष्कासन (आईपीओ) को तयारी गर्दै १.४ ट्रिलियन डलर मूल्याङ्कनमा ३० अर्ब डलर लगानी जुटाउन लागेको समाचार सार्वजनिक भएको थियो। त्यसपछि कम्पनीको मूल्याङ्कन १.२५ ट्रिलियन डलर हुने गरी ३० अर्ब डलर जुटाउने तयारी भइरहेको खबर आएको थियो।

तर द फाइनान्सियल टाइम्स ले शुक्रबार प्रकाशित गरेको समाचारअनुसार कम्पनीले लगानी जुटाउने लक्ष्य घटाएर २० अर्ब डलरमा झारेको छ। पहिलो चरणमा संकलन हुने रकम योभन्दा पनि कम हुने अपेक्षा गरिएको छ।

टेकक्रञ्चका अनुसार फाइनान्सियल टाइम्स का अनुसार संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरूको एउटा समूहले यस लगानी चरणको नेतृत्व गर्नेछ। त्यसपछि धनी व्यक्तिहरूका लागि छुट्टै लगानी प्रस्ताव ल्याइनेछ, जसबाट कुल लगानी रकम २० अर्ब डलरको लक्ष्यसम्म पुर्‍याउन सकिने अपेक्षा छ।

द वाल स्ट्रिट जर्नलले यसबारे थप विवरण सार्वजनिक गर्दै ओपनएआईले अहिलेसम्म ११ अर्ब डलर लगानी जुटाइसकेको जनाएको छ। केही ठूला लगानीकर्ताबाट कम्पनीको लगानी संकलन प्रयासले अपेक्षाकृत कमजोर प्रतिक्रिया पाएको पनि समाचारमा उल्लेख छ।

टेकक्रन्चले यसबारे प्रतिक्रिया लिन ओपनएआईसँग सम्पर्क गरेको जनाएको छ। कम्पनीले लगानी जुटाउन सामना गरिरहेको चुनौतीको एउटा कारण समय पनि हुन सक्ने देखिएको छ। वालस्ट्रिटका लगानीकर्ताहरू कृत्रिम बुद्धिमता पूर्वाधारमा भइरहेको ठूलो खर्चप्रति सचेत हुन थालेका छन्। यसले प्रविधि कम्पनीका सेयरमा ठूलो बिक्री चाप सिर्जना गरेको छ।

यसैबीच, एन्थ्रोपिकले गर्ने तयारी गरिरहेको प्रारम्भिक सार्वजनिक सेयर निष्कासन (आईपीओ) ले पनि चुनौती सामना गर्न सक्ने देखिएको छ।

प्रकाशित: १६ कार्तिक २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार