अस्ट्रेलियामा फोहोर छुट्याउने स्मार्ट प्रविधिको विकास

  • Technology Khabar | २३ जेष्ठ २०८२, शुक्रबार
अस्ट्रेलियामा फोहोर छुट्याउने स्मार्ट प्रविधिको विकास

काठमाडौं ।

अस्ट्रेलियाका वैज्ञानिकहरूले भवन निर्माण र भत्काउने क्रममा निस्कने फोहोर लागेका काठ छुट्याउन सक्ने नयाँ प्रविधि विकास गरेका छन्। यो प्रविधिले काठमा रङ, तेल, फलाम, सिमेन्ट जस्ता वस्तु लागेको भए पनि ९१ प्रतिशतसम्म शुद्धताका साथ छुट्याउन सक्छ।

मोनाश विश्वविद्यालय र अस्ट्रेलियाको चाल्र्स डार्विन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले संयुक्त रूपमा तयार पारेको यो यन्त्रले सामान्य तस्बिरको माध्यमबाट काठमा फोहोर लागेको छ कि छैन भन्ने छुट्याउन सक्छ।

हालसम्म यस्ता काठहरूमा रङ, रसायन वा धातुका टुक्रा लागेपछि छुट्याउन गाह्रो हुने भएकाले प्रायः सिधै फोहोरमैला स्थानमा फालिन्थ्यो। अब, यो प्रविधिको प्रयोगले क्यामेरा, मोबाइल, ड्रोनमार्फत सफा र फोहोर लागेका काठ सजिलै छुट्याउन सकिनेछ।

यस प्रविधिबाट निर्माण क्षेत्रमा निस्कने फोहोर कम गर्न, उपयोगी काठ पुनः प्रयोग गर्न, तथा खर्च र समयको बचत गर्न सकिनेछ।

अनुसन्धान टोलीका प्रमुख वैज्ञानिक मदिनी डि अल्विसले भने,“हामीले विकास गरेको यो प्रविधि सजिलो, प्रभावकारी र विश्वव्यापी समस्या समाधान गर्न उपयोगी छ। यसले पुनः प्रयोगको सम्भावना बढाउने र वातावरण संरक्षणमा सहयोग पुर्याउनेछ।”

अस्ट्रेलियामा विकास गरिएको यो प्रविधिले केवल त्यहाँको मात्र नभई विश्वभरको निर्माण फोहोर व्यवस्थापनमा ठूलो सहयोग र्पुयाउने वैज्ञानिकहरूले विश्वास रहेको छ।-रासस/सिन्ह्वा

प्रकाशित: २३ जेष्ठ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...