
काठमाडौं ।
युट्युबले सबैभन्दा सक्रिय दर्शकहरूलाई पहिचान गर्ने र्याङ्किङ्ग (श्रेणीकरण) को साथ लाइभ स्ट्रिमहरू सुधार गर्ने नयाँ तरिकाको परीक्षण गरिरहेको छ।
लाइभ स्ट्रिमरहरूका लागि, युट्युबको नयाँ र्याङ्किङ्ग (श्रेणीकरण) कन्भर्सेसन (कुराकानी) मा सक्रिय रहेर अङ्क कमाउने एक राम्रो तरिका भएको बताइएको छ।
यसले च्यानलमा सबैभन्दा बढी संलग्न भएका ५० दर्शकहरूलाई हाइलाइट गर्नेछ र नियमित दर्शकहरूलाई उनीहरूले पाउनुपर्ने ध्यान दिनेछ भनि टेलिग्राफले रिपोर्ट गरेको छ।
दर्शकहरूले च्याट गरेर, सुपर च्याटहरू पठाएर र थप अन्य कुराहरू गरेर अङ्क कमाउन सक्नेछन्। शीर्ष तीन व्यक्तिहरूले उनीहरूको नामको छेउमा एक विशेष लोगो पनि प्राप्त गर्नेछन् जसले उनीहरूलाई भीडबाट अलग देखाउने छ र प्रसारकहरूको ध्यान खिच्ने सम्भावना बढाउने उल्लेख गरिएको छ।
तपाईं लाइभ च्याटको सबै भन्दा माथि टपमा रहेको सानो क्राउन आइकनमा ट्याप गरेर र्याङ्किङ्ग (श्रेणीकरण) हेर्न सक्नुहुनेछ। युट्युबले “बिहाइण्ड द सिन्स” (पर्दा पछाडि) अङ्कहरू कसरी गणना गर्छ भन्ने कुरा भने अझै पनि रहस्य नै रहेको छ।
तपाईं लाइभ स्ट्रिममा सक्रिय हुनुहुन्छ भन्नुको मतलब यो होइन कि तपाईं स्वचालित रूपमा आफ्नो नाम पब्लिक र्याङ्किङ्ग (सार्वजनिक श्रेणीकरण) मा राख्न चाहनुहुन्छ भन्ने हुँदैन भनि थप उल्लेख गरिएको छ।
युट्युबले यो सुविधा पूर्वनिर्धारित रूपमा सक्रिय छ कि छैन भनेर बताएको छैन। तर यसलाई तपाईंले मोबाइल र डेस्कटप दुवैमा सेटिङहरूमा गएर जुनसुकै बेला असक्षम गर्न सक्नुहुनेछ।
प्रकाशित: २३ जेष्ठ २०८२, शुक्रबार