कानून अनुरुप कार्यसम्पादन नगर्ने यी भुक्तानी सेवा प्रदायकहरु राष्ट्र बैंकको कारबाहीमा

  • Technology Khabar | २९ पुष २०८१, सोमबार
कानून अनुरुप कार्यसम्पादन नगर्ने यी भुक्तानी सेवा प्रदायकहरु राष्ट्र बैंकको कारबाहीमा
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले सन् २०२३/२४ अर्थात् आर्थिक वर्ष २०८०/८१ मा भुक्तानी प्रदायकहरुले नीतिनियम अनुरुप कार्य सम्पादन गरे नगरेको बारे अध्ययन गर्ने क्रममा कैफियत भेटिएका विभिन्न सेवा प्रदायकहरु माथि कारबाही गरेको छ।

यी सेवा प्रदायकहरुले उक्त समीक्षा अवधिमा भुक्तानी प्रणाली ऐन, भुक्तानी प्रणाली विनियम तथा भुक्तानी सम्बन्धी एकीकृत मार्गदर्शन विपरीत काम गरेको पाइएकोले कारबाही गरिएको हो।

यसरी कारबाही हुनेमा निम्न भुक्तानी सेवा प्रदायकहरु रहेका छन्:

भुक्तानी सेवा प्रदायकको नाम कारबाहीको स्वरुप कारबाही मिति
मोहर डिजिटल प्रा. लि. लाइसेन्स खारेज २०८०/०६/०८
ई-नेट पेमेन्ट प्रा. लि. लाइसेन्स खारेज २०८०/०६/०८
कुराकानी पे प्रा. लि. चेतावनी दिइएको २०८१/०२/३२
सुलभ पे प्रा. लि. चेतावनी दिइएको २०८१/०१/२५
पेवेल नेपाल प्रा. लि. सेटलमेन्ट र कल खाता रोक्का २०८१/०२/२८
सजिलो पे प्रा. लि. सेटलमेन्ट र कल खाता रोक्का २०८१/०२/२१

 

प्रकाशित: २९ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...
Desktop Popup ImageMobile Popup Image×