गुगल र एआई स्टार्टअप एन्थ्रोपिकबीचको साझेदारीमाथि नियामकको निगरानी

  • Technology Khabar | १८ श्रावण २०८१, शुक्रबार

काठमाडौं ।

बेलायतको प्रतिस्पर्धा नियामकले गुगल र एआई स्टार्टअप एन्थ्रोपिकबीचको साझेदारीमाथि अनुसन्धान गर्ने भएको छ।

मंगलबार उक्त नियामक संस्थाले एआई उद्योगमा भइरहेको अत्यधिक लगानीसम्बन्धित नयाँ नीति ल्याउँदै आफूले एआई स्टार्टअप एन्थ्रोपिकसँगको गुगलको साझेदारीमाथि निगरानी गरिरहेको बताएको हो।

अन्तरराष्ट्रिय समाचार संस्था एपीन्युजका अनुसार बेलायतको कम्पिटिशन एण्ड मार्केट्स अथोरिटी नामक उक्त नियामक निकायले यी दुई निकायबीचको सम्झौताले बेलायतमा एआई सेवाका लागि तात्विक रुपमा प्रतिस्पर्धाको सम्भावना घटाएको छ वा छैन भन्नेबारे जानकारी खोजिरहेको छ।

यसबाहेक उक्त निकायले आगामी अगस्ट १३ पछि औपचारिक अनुसन्धानमा जाने वा नजाने निश्चय गर्नका लागि त्यसअघिसम्म कुनै पनि प्रतिक्रिया दिन चाहने व्यक्ति वा संसथाबाट आएका जानकारी स्विकार गर्ने पनि बुझिएको छ।

सान फ्रान्सिस्कोमा मुख्यालय रहेको एन्थ्रोपिक डारियो र ड्यानिएला अमोडेई दाजु बहिनीले सन् २०२१ मा स्थापना गरेका हुन्। यी दुवैजना यसअघि च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईमा कार्यरत थिए।

उक्त कम्पनी विशेषगरी एआई मोडलहरुका सुरक्षा र विश्वशनीयतामा केन्द्रित रहेको छ। गुगल गत वर्ष एन्थ्रोपिकमा अर्बौं डलर लगानी गर्न सहमत भएको थियो ।

‘हामी सीएमए (नियामक निकाय) सँग सहकार्य गर्दै गुगलको लगानी तथा हाम्रो व्यावसायिक साझेदारीको बृहत् तस्बिर प्रस्ट्याउन चाहन्छौं’,  एन्थ्रोपिकले एक विज्ञप्तिमा उल्लेख गरेको छ, ‘ हामी एक स्वतन्त्र कम्पनी हौं र हाम्रा कुनै पनि रणनैतिक साझेदारी वा लगानीकर्तासँगको सम्बन्धले हाम्रो कर्पोरेट शासनको स्वतन्त्रता वा हाम्रो अन्य कोहीसँग सम्बन्ध गाँस्ने स्वतन्त्रतालाई निस्तेज पार्दैन।’

यसैगरी गुगलले आफूहरु विश्वमा सबैभन्दा खुला र नवीनतायुक्त एआई इकोसिस्टम बनाउन लागिपरेको बताएको छ।

प्रकाशित: १८ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • १८ श्रावण २०८१, शुक्रबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • १८ श्रावण २०८१, शुक्रबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • १८ श्रावण २०८१, शुक्रबार