Google

अल्फाबेटले दोस्रो त्रैमासमा कमायो साढे ८४ अर्ब डलर, अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले बढी

अल्फाबेटले दोस्रो त्रैमासमा कमायो साढे ८४ अर्ब डलर, अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले बढी
Global IME Bank

गुगलको मूल कम्पनी अल्फाबेटले दोस्रो त्रैमासमा ८४ अर्ब ७२ करोड डलर राजश्व आम्दानी गरेको छ ।

यो आँकडा सन् २०२४ को दोस्रो त्रैमास अर्थात् गत अप्रिलदेखि जुन अन्तिमसम्मको हो । तुलनात्मक हिसाबले हेर्दा कम्पनीको आम्दानी गत वर्षको सोही अवधिको तुलनामा १४ प्रतिशतले बढेको छ ।

नाइनटूफाइभ गुगलका अनुसार गत वर्षको सोही अवधिमा कम्पनीले ७४ अर्ब ६० करोड डलर आर्जन गरेको थियो ।

यस वर्षको दोस्रो त्रैमासमा सञ्चालन मुनाफा २७ अर्ब ४३ करोड डलर भएको थियो भने यो आँकडा अघिल्लो वर्षको सोही अवधिमा १८ अर्ब ३७ करोड डलरमात्र रहेको थियो । यस वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा २३ अर्ब ६२ करोड डलर रहेको छ ।

समग्रमा तुलना गर्दा अल्फाबेटले यस वर्षको दोस्रो त्रैमासमा राजश्वस्वरुप ८० अर्ब ५० करोड तथा खुद नाफाका रुपमा २३ अर्ब ६६ करोड डलर संकलन गरेको छ ।

यो अवधिमा संकलित राजश्वमध्ये ८ अर्ब ६६ करोड युट्युब विज्ञापन तथा क्लाउडको आम्दानीको हिस्सा १० अर्ब ३५ करोड डलर रहेको प्रतिवेदनमा उल्लेख छ । यो आँकडा गत वर्ष क्रमश: ७ अर्ब ६७ करोड तथा ८ अर्ब ३ करोड मात्र रहेको थियो ।

हार्डवयर, प्लेस्टोर तथा युट्युबका विज्ञापनबाहेकका आम्दानी समाहित यसअघि गुगल अदर शीर्षकमा राखिएका गुगल सब्स्क्रिप्शन, प्लेटफर्म तथा डिभाइसहरुमार्फत् कमुपनीले ९ अर्ब ३१ करोड कमाएको छ । यो रकम गत वर्षको सोही अवधिको ८ अर्ब १४ करोडको तुलनामा बढी हो ।

अदर बेट्स समूहमा रहेका गुगल फाइबर तथा ब्रोडब्याण्ड व्यवसायमा भने पहिले झैं घाटा ब्यहोर्नुपरेको छ । गत वर्षको दोस्रो त्रैमासमा ८१ करोड ३० लाख घाटा भएकोमा यो बढेर यस वर्षको सोही अवधिमा १ अर्ब १२ करोड पुगेको बताइएको छ।

Sajilo Visa
easy care