Google

जेमिनी एआई गुगल मेसेजेसमा आउँदै

जेमिनी एआई गुगल मेसेजेसमा आउँदै
Global IME Bank

गुगलले घोषणा गरेको एक हप्ता भन्दा बढी समयपछि र जिमेलले एआई ट्रिटमेन्ट प्राप्त गरिसकेपछि एउटा नयाँ अपडेट रोल आउटको रुपमा जेमिनी एआईलाई गुगल मेसेजेसमा ल्याउने भएको छ। यद्यपि, यो फिचर अझै पनि व्यापक रूपमा उपलब्ध नभएको हुनाले उक्त अद्यावधिकको लागि केही समय पर्खनुपर्ने छ।

जेमिनी एआई पनि एन्ड्रोइडमा रहेको स्ट्यान्डअलोन एप जस्तै सटीक सेवा भएको जनाइएको छ। तर यो मेसेजेस एपमा एकीकृत भएकोले यसलाई पहुँच गर्न सजिलो हुनुका साथै मेसेजेस एप बन्द नगरीकन प्रश्नहरू सोध्न वा निर्देशनहरू दिन सकिने छ।

एउटा नयाँ फ्लोटिङ एक्शन बटन लोअर राइट कर्नर (तल्लो–दायाँ कुना) मा “स्टार्ट च्याट” बटनको माथि देखा पर्नेछ र जसले एआई सेवामा छिटो र सजिलो पहुँच प्रदान गर्ने छ।

एआईले निजी कन्भर्सेसन्स (कुराकानीहरू) नपढ्ने तर उक्त च्याट बोटसँगको तपाईंको च्याट इन्ड–टु–इन्ड इन्क्रिप्टेड नहुने भएकाले जेमिनीलाई दिने जानकारीहरुमा सावधानी अपनाउनुपर्नेछ।

त्यसैगरी जेमिनीसँगको च्याट हिस्ट्रि डिफल्ट (पूर्वनिर्धारित) रूपमा १८ महिनासम्मको लागि स्टोर (भण्डारण) हुने जनाइएको छ। तर तपाईंले यसलाई ३६ महिनासम्म बढाउन सकिने वा केवल ३ मा घटाउन पनि सकिने थप उल्लेख छ।

जेमिनी एआईले तपाईंको स्थान पनि ट्र्याक नगर्ने जनाइएको छ। यसले सान्दर्भिक जानकारी उत्पन्न गर्नको लागि तपाईको आईपी वा घरको ठेगानामा आधारित तपाईको सामान्य स्थान मात्र थाहा पाउने जीएसएमएरिनाले रिपोर्टमा उल्लेख गरेको छ।

Sajilo Visa
easy care