क्रिप्टोकरेन्सी कारोबार गर्ने ब्यक्ति पक्राउ

  • Technology Khabar | २२ चैत्र २०८०, बिहीबार
क्रिप्टोकरेन्सी कारोबार गर्ने ब्यक्ति पक्राउ

काठमाडौं ।

नेपाल प्रहरीले क्रिप्टो करेन्सी कारोबार गरेको अभियोगमा एक ब्यक्तिलाई पक्राउ गरेको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन बिपरित क्रिप्टो करेन्सीबाट बित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सुचनाका आधारमा कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले चैत २२ गते बिहान टोखा नगरपालिका वडा नं. ८ सुन्दरबस्तीबाट स्याङ्गजा स्थाई घर भएका शनि भण्डारीलाई पक्राउ गरेको हो।

भण्डारीको मोबाईलमा (जीएमटी,यूएसडीटी,बिएसडब्लु,एसओएल,युटिसी) लगायतका क्रिप्टो करेन्सीहरुको कारोबार गरेको देखिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

निजलाई नेपाल राष्ट्र बैंक ऐन अन्तरगतको कसुरमा आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: २२ चैत्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार