
काठमाडौं ।
अमेरिकी विद्युतीय सवारी (ईभी) निर्माता टेस्लाको बिक्री चालू वर्षको पहिलो त्रैमासिकमा ८.५ प्रतिशतले घटेको छ। करिब चार वर्षमा कम्पनीको त्रैमासिक बिक्री वार्षिक आधारमा घटेको यो पहिलो पटक हो। यसले टेस्लाको वृद्धि सम्भावनाको बारेमा चिन्ता बढाएको छ।
अर्बपति इलन मस्कको टेस्लाले पहिलो त्रैमासिकमा ३,८६,८१० सवारीसाधन बिक्री गरेको छ। विश्वव्यापी रूपमा विद्युतीय सवारी साधनको घट्दो बिक्री र बीवाडी जस्ता इभी निर्माताहरूबाट कडा प्रतिस्पर्धा यसका प्रमुख कारणहरू हुन्।
गत वर्षको सोही त्रैमासिकमा टेस्लाले करिब ४ लाख २३ हजार युनिट बिक्री गरेको थियो । कम्पनीले आफ्ना ईभीको मूल्य पनि घटाएको थियो तर यसको बावजुद बिक्रीमा गिरावट आएको छ। यसले टेस्लाको शेयर मूल्यमा पनि असर गरेको छ। यो वर्ष कम्पनीको सेयर करिब ३० प्रतिशतले घटेको छ।
अमेरिकामा टेस्लाको सबैभन्दा सस्तो गाडी मोडल ३ को मूल्य लगभग ३८,९९० डलर छ।
हालै टेस्लाले ६० लाख ईभी उत्पादनको घोषणा गरेको थियो। कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गरेको १६ वर्षपछि यो उपलब्धि हासिल गरेको हो। यसले छ महिनामा १० लाख युनिट ईभी उत्पादन गरेको छ।
टेस्लालाई प्रारम्भिक १० लाख युनिट बनाउन १२ वर्ष लाग्यो। इलेक्ट्रिक मोबिलिटीमा ठूलो परिवर्तन ल्याएका टेस्लाको मोडल ३, मोडल एस र मोडल एक्स ठूलो संख्यामा बिक्री भएका छन्।
प्रकाशित: २२ चैत्र २०८०, बिहीबार