
काठमाडौं ।
आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलोजीहरू बढ्दो रुपमा प्रचलित भइरहेका छन् भने विभिन्न उद्योगहरूमा यसको एप्लिकेसन्स (प्रयोगहरू) पनि देखिएको छ।
यसैबीचमा नासा र आईबीएमले पृथ्वीको मौसम २४/७ (ट्वान्टिफोर–सेभेन) अर्थात चौबीसै घण्टा अनुगमन गर्न डिजाइन गरिएको एआई मोडेलमा सहकार्य गरेका छन्। यसले अब मौसमविद्हरू पनि सम्भावित बेरोजगारीको सामना गर्नेहरूको श्रेणीमा सामेल हुने भएका छन् भनी गीज्मोचाइनामा उल्लेख गरिएको छ।
नासा र आईबीएमले संयुक्त रूपमा वेदर (मौसम) र क्लाईमेट अब्जर्भेसन (जलवायु अवलोकन) मा केन्द्रित एआई मोडल विकास गरिरहेका छन्। साथै यस प्रविधिले अवस्थित मेटेरोलोजीकल एप्लिकेसन्स (मौसम विज्ञान अनुप्रयोगहरू) को तुलनामा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
यद्यपि यस क्षेत्रमा यसअघि नै एआई प्रयोगमा रहेको भएतापनि हालका मोडलहरू टास्क–स्पेसिफिक (कार्य–विशिष्ट) रहनुका साथै च्याटजीपीटी जस्ता प्रविधिहरू जस्तै भएको र सरल इमुलेटरहरूको रूपमा काम गर्नेछन् भनी आईबीएम ले व्याख्या गरेको जनाइएको छ।
नासा र आईबीएम, तथापि, सही भविष्यवाणीहरू भन्दा बाहिर जान चाहेको जनाइएको छ। तिनीहरूको एकीकृत सहकार्यले पृथ्वीको जलवायु र वेदर कन्डिसन्स (मौसमको अवस्था) लाई चौबीसै घण्टा अवलोकन गर्ने एक एआई प्रणाली सिर्जना गर्ने लक्ष्य राखेको उल्लेख छ। यस एआई मोडलमा मेटेरोलोजीकल इभेन्ट्स (मौसमसम्बन्धी घटनाहरू) को भविष्यवाणी गर्ने, लो–रिजोल्युसन डाटाबाट हाई–रिजोल्युसन इन्फर्मेसन (जानकारी) निकाल्ने र एयरक्राफ्ट टर्ब्युलेन्सदेखि डढेलोसम्मको पूर्वानुमान गर्ने जस्ता एन्टिसेप्टेड फिचर्स (प्रत्याशित सुविधाहरू) समावेश रहेको उल्लेख छ।
यस सहकार्यमार्फत दुवै संस्थाको साझा उद्देश्य भनेको मौसम पूर्वानुमानको सटीकता बढाउनु र सम्भावित प्रकोपहरूलाई न्यूनीकरण गर्नु भएको जनाइएको छ।
यस प्रविधिले विश्वका विभिन्न देश लगायत भुभागहरूमा अत्यधिक गर्मीका कारण हुने गरेको डढेलोको भविष्यवाणी पनि गर्न सक्ने उल्लेख गरिएको छ। साथै १०० प्रतिशत सटीकता हासिल गर्न चुनौतीपूर्ण हुने भए तापनि रोकथाम उपायहरू लागू गर्नको लागि एआई मोडल अत्यधिक लाभदायक हुने अपेक्षा गरिएको छ।
प्रकाशित: १६ मंसिर २०८०, शनिबार