भुक्तानी सेवा प्रदायकद्वय सिटी पे र छिटो पैसा एक आपसमा मर्ज हुने

  • Technology Khabar | २१ चैत्र २०८२, शनिबार
भुक्तानी सेवा प्रदायकद्वय सिटी पे र छिटो पैसा एक आपसमा मर्ज हुने

काठमाडौं ।

दुई भुक्तानी सेवा प्रदायक कम्पनी सिटी वालेट प्रालि (सिटी पे) र छिटो पैसा प्रालि (छिटो पैसा) एक आपसमा मर्ज हुने भएका छन्।

भुक्तानी सेवा प्रदायक अर्थात् वालेट कम्पनीहरूमा सबैभन्दा कान्छा रहेका सिटी पे र छिटो पैसा मर्ज भई वि.सं २०८३ वैशाख ३ गतेदेखि सिटी वालेट प्रालि (सिटी पे) को नाममा एकीकृत कारोबार गर्ने भएका हुन्।

यसको लागि नियामक निकाय नेपाल राष्ट्र बैंकले समेत अनुमति प्रदान गरिसकेको छ।

सिटी पे वालेट रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेसको सहायक कम्पनी हो भने छिटो पैसा पठाओका व्यक्तिहरूले सञ्चालन गर्दै आएकाका छन् । छिटो पैसाका संस्थापकहरूमा पठाओका असिममान सिंह बस्न्यात, सुरक्षा हमाल, यशु थकाली, सशांक जंग थापा छन्।

मर्जर भएपछि नयाँ कम्पनी सिटी वालेट (सिटी पे) को नाममा सञ्चालनमा हुनेछ भने कम्पनीको सञ्चालक समिति अध्यक्षमा उपेन्द्र कुमार पौडेल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विनय रेग्मी रहनेछन्।

सञ्चालक समितिमा सिटी पेबाट ३ जना र छिटो पैसाबाट २ जना गरी ५ सदस्यीय समिति हुनेछन्।

मर्जरपछि बन्ने नयाँ कम्पनीका ग्राहक संख्या ५ लाख हुनेछन् भने कम्पनीको चुक्ता पुँजी साढे १२ करोड रुपैयाँ पुग्ने छ।

प्रकाशित: २१ चैत्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार