
काठमाडौं ।
क्रुजले आफ्नो एउटा रोबोटट्याक्सी दुर्घटना भएपछि अमेरिकाको सडकबाट ९५० ड्राइभरलेस कारहरू फिर्ता गरिरहेको छ। र, सम्भवतः थप फिर्ताहरू जारी गरिने जनरल मोटर्स सेल्फ-ड्राइभिङ यूनिटले जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ।
नेस्नल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसन (एनएचटीएसए) मा बुधबार दायर गरिएको सूचना अनुसार, क्रुज अटोमेटेड ड्राइभिङ सिस्टम (एडीएस) सफ्टवेयरको टकराव पत्ता लगाउने सबसिस्टमले दुर्घटना पछि अनुचित प्रतिक्रिया दिन सक्ने भएकाले कारहरूलाई फिर्ता बोलाइएको हो।
गत महिना, सान फ्रान्सिस्कोमा एक पैदल यात्रीलाई अर्को कुनै गाडीले ठक्कर दिएर छेउको लेनमा फालेको थियो र क्रुज रोबोटट्याक्सीले ती व्यक्तिलाई दोस्रो पटक ठक्कर दिएको थियो। तत्कालिन समयमा रोबोटट्याक्सी रोकिन सकेन र पैदल यात्रीलाई तानेर परसम्म लगेको थियो।
रिकलले ती परिस्थितिलाई सम्बोधन गर्दछ जसमा टक्कर पत्ता लगाउने सबसिस्टम क्रूज एभीलाई स्थिर रहनुको सट्टा ट्राफिकबाट बाहिर निकाल्ने प्रयास गर्न सक्छ ‘जब पुलओभरले टक्कर पछिको प्रतिक्रिया चाहिँदैन,’ क्रूजले भनेको छ।
सेल्फ ड्राइभिङ सवारीहरू जनताको लागि जोखिम हुने बताउँदै क्यालिफोर्नियाका नियामकहरूले रोबोटट्याक्सी अपरेटरको इजाजतपत्र निलम्बन गरेपछि गत महिना कम्पनीले राष्ट्रव्यापी सञ्चालन रोक्ने बताएको थियो। कम्पनीले सोमबार आफ्नो पूर्ण अटोनोमस क्रूज ओरिजिको उत्पादन अस्थायी रुपमा रोक्ने योजना बनाएको बताएको छ।
प्रकाशित: २३ कार्तिक २०८०, बिहीबार