सामसङको आफ्नै जेनेरेटिभ एआई मोडल “सामसङ गस” अनावरण

  • Technology Khabar | २३ कार्तिक २०८०, बिहीबार
सामसङको आफ्नै जेनेरेटिभ एआई मोडल “सामसङ गस” अनावरण

काठमाडौं ।

दक्षिण कोरियाली अग्रणी टेक कम्पनी सामसङले आफ्नो पहिलो जेनेरेटिभ एआई मोडल “सामसङ गस” ल्याएको छ।

यस मोडेलको नाम कार्ल फ्रेडरिक गसको नाममा राखिएको बताइएकाे छ। फ्रेडरिक गस व्यापक रूपमा एआई र एमएल प्रविधिहरूको आधार मानिने  नर्मल डिस्ट्रीब्यूसन थेयूरी (गसियन) को विकासकर्ताकाे समेत रहेका एक प्रसिद्ध गणितज्ञ थिए।

“नामले मोडलहरूका लागि सामसङको अन्तिम दृष्टिलाई प्रतिबिम्बित गर्छ, जुन विश्वका सबै घटना र ज्ञानबाट प्राप्त गर्नका लागि सबै ठाउँमा उपभोक्ताहरूको जीवनमा सुधार गर्न एआईको शक्ति प्रयोग गर्ने हो,” कम्पनीले सामसङ एआई फोरममा बतायाे।

यो हाल कम्पनी भित्र कर्मचारी उत्पादकता बढाउन प्रयोग भइरहेको उल्लेख छ। सामसङ गस चाँडै नै विभिन्न प्राेडक्सन एप्लिकेसनहरुमा विस्तार गरिने बताइएकाे छ। मोडलमा सामसङ गस ल्याङगोयज, सामसङ गस कोड, र सामसङ गस इमेज गरि मुख्य तीन  कम्पोनेन्टहरू रहेका उल्लेख छ।

सामसङ गस ल्याङग्वेज एक उत्पादनमूलक भाषा मोडल रहेकाे छ जसलाई इमेल राइटिङ, डकुमेन्ट समराइजेसन, र ट्रान्स्लेसन जस्ता कार्यहरूमा सहयोग गरेर कार्य दक्षता बढाउन डिजाइन गरिएको बताइएकाे छ। यसलाई उत्पादनहरूमा लागू गर्दा स्मार्ट डिभाइस कन्ट्राेल इनेबल गरेर कन्ज्यूमर एक्स्पिरियन्स बढाउन सक्ने गिज्माेचाइनामा उल्लेख छ।

सामसङ गस कोड एउटा कोडिङ सहायक हो। यसले इन-हाउस सफ्टवेयर विकासलाई सहज बनाउनेछ। यसले कोडिङ प्रक्रियालाई सुव्यवस्थित बनाउने तथा कोड विवरण र परीक्षण केस उत्पादन जस्ता अन्तरक्रियात्मक सुविधाहरू प्रदान गर्ने उल्लेख छ।

सामसङ गस इमेजले स्टाइल परिवर्तन, एडिसन, र लाे-टू-हाइ-रिजोल्युसन इमेज कन्भर्जनहरूको लागि अनुमति दिँदै इमेज सिर्जना र इडिट गर्न सक्षम रहेकाे बताइएकाे छ।

उपभोक्ता गोपनीयता सुरक्षित गर्न, यी मोडलहरू डिभाइसमा लागू गर्न सकिने उल्लेख छ। त्यस्तै, सामसङको एआई रेड टिमले डाटा सङ्कलन, एआई मोडल विकास, सर्भिस डिप्लाेयमेन्ट, र उत्पन्न परिणामहरूको समयमा उत्पन्न हुन सक्ने सुरक्षा र गोपनीयता चिन्ताहरूको राम्रोसँग जाँच गर्ने बताइएकाे छ।

प्रकाशित: २३ कार्तिक २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार