चीनको बाइदूले टेक जायन्ट ह्वावेसँग एआई चिप्स किन्ने

  • Technology Khabar | २३ कार्तिक २०८०, बिहीबार
चीनको बाइदूले टेक जायन्ट ह्वावेसँग एआई चिप्स किन्ने

काठमाडौं ।

चीनको वेब सर्च जायन्ट बाइदूले एआई चिप्स किन्न ह्वावेसँग सम्झौता गरेको छ। बाइडुले ह्वावे टेक्नोलोजीबाट हाेमग्राेन एआई चिप्सको ब्याच किन्न रोजेको बताइएकाे हाे।

संयुक्त राज्य अमेरिकाबाट राजनीतिक दबाब र व्यापार अवरोधहरूको बीचमा, यो सम्झौताले स्थानीय टेक साेल्यूसनसहरू तिर एक अग्रसर देखाएकाे उल्लेख छ। यस प्रवृत्तिले प्राविधिक परिदृश्यलाई नयाँ आकार दिन सक्ने बताइएकाे छ।

ह्वावेको एसेन्ड ९१० बी एआई चिप्सको १६०० को अर्डरसँगै, बाइडु विदेशी टेक्नोलोजी, विशेष गरी उद्योगको गाेल्ड स्ट्यान्डर्ड भएको एनभीडीयाको एआई चिप्समा कम निर्भरका लागि भविष्यको लागी तयारी गरिरहेकाे देखिएकाे छ।

लगभग ४५० मिलियन युआनको अनुमानित सम्झौता एनभीडीयासँग सामान्यतया राखिएको ठूलो अर्डरको तुलनामा कम भएपनि यो चीनको लागि प्राविधिक आत्मनिर्भरता तर्फकाे एक महत्वपूर्ण  कदमकाे रुपमा लिइएकाे छ।

सुरुमा बाइदू ह्वावेको एआई चिपहरू प्रयोग गर्ने कुरामा परिचित थिएन। हाल यसलाई एक उल्लेखनीय साझेदारीकाे रुपमा लिइएकाे छ।

यद्यपि ह्वावेका चिपहरू अझै परफर्मेन्समा एनभीडीयासँग बराबरीका छैनन्।उनीहरूले चीनले प्रस्ताव गर्ने सबैभन्दा उन्नत एआई चिपहरू प्रतिनिधित्व गर्ने बताइएकाे छ।

यो परिवर्तन बाइदूको प्राथमिकताको बारेमा मात्र नभएर यो कडा अमेरिकी नियमहरूको प्रतिक्रियाकाे रुपमा रहेकाे छ, जसले एनभीडीयालाई चिनियाँ कम्पनीहरूसँग यसको शीर्ष एआई चिपहरू बेच्नबाट रोकेको उल्लेख छ।

बाइदू र ह्वावे बीचको सहकार्य नयाँ होइन। बाइडुको एआई प्लेटफर्महरू ह्वावेको हार्डवेयरमा सहज रूपमा चलाउनको लागि उनीहरूले २०२० देखि सँगसँगै काम गरिरहेका छन्।

बाइदूसँग कुनलुन एआई चिप्सको आफ्नै लाइन भए पनि, एनभीडीयाको टेक्नोलोजीमा निर्भरताअमेरिकी प्रतिबन्धहरूले रणनीतिमा परिवर्तन नभएसम्म महत्त्वपूर्ण रहेकाे बताइएकाे छ।

प्रकाशित: २३ कार्तिक २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार