गुगलले भारतमा पिक्सेल फोन उत्पादन गर्ने, २०२४ देखि बजारमा उपलब्ध हुने

  • Technology Khabar | ३ कार्तिक २०८०, शुक्रबार
गुगलले भारतमा पिक्सेल फोन उत्पादन गर्ने, २०२४ देखि बजारमा उपलब्ध हुने

काठमाडौं ।

गुगलले भारतमा पिक्सेल फोन उत्पादन गर्ने भएको छ। गुगलले २०२४ देखि बजारमा उपलब्ध हुने गरी पिक्सेल ८ फोन उत्पादन गर्ने डिभाइस हेड रिक ओस्टरलोहले बताएको लाइभमिन्टले उल्लेख गरेको छ।

पिक्सेल डिभाइसको स्थानीय माग पुरा गर्नका लागि भारतमा हाम्रो उत्पादन विस्तार गर्ने दिशामा यो एक प्रारम्भिक कदम हो। यसको महत्वूर्ण कुरा मेक इन इन्डियाका लागि गुगलको प्रतिबद्धतामा एक ठूलो कदम हो, ओस्टरलोहले भने।

दूरसञ्चार मन्त्री अश्विनी वैष्णवको उपस्थितिमा उनले यस्तो घोषणा गरेका हुन्।

गुगल बाहेक, एप्पल, फक्सकन लगायतका अन्य फोन निर्माताहरुले पनि भारतमा मोबाइल उत्पादन गर्न थालेका छन्।

सेप्टेम्बरमा, एप्पलले भारतमा निर्मित आईफोन १५ लाई दक्षिण एसियाली देशमा उपलब्ध गराउने योजना बनाएको घोषणा गरेको थियो।

प्रकाशित: ३ कार्तिक २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei He Tingbo named to TIME’S fourth annual list of the TIME100 AI

  • Technology Khabar
  • ३ कार्तिक २०८०, शुक्रबार