जर्मनीले चिप उद्योगको लागि २० बिलियन युरो अनुदान दिने योजना

  • Technology Khabar | १० श्रावण २०८०, बुधबार
जर्मनीले चिप उद्योगको लागि २० बिलियन युरो अनुदान दिने योजना
सांकेतिक तस्विर

काठमाडौं ।

जर्मनीले आगामी वर्षहरूमा सेमीकन्डक्टर उद्योगमा लगभग २० बिलियन युरो लगानी गर्ने योजना बनाएको छ।

जर्मनीको अर्थ मन्त्रालयले मंगलबार कमजोर आपूर्ति श्रृंखला र चिप्समा दक्षिण कोरिया र ताइवानमा निर्भरतामा गर्न २० बिलियन युरो लगानी गर्ने योजना बनाएको बताएको छ।

जर्मनीले ईयु चिप्स ऐन अन्तगर्त सब्सिडी प्रदान गरेर कारखानाहरू स्थापना गर्न विश्वव्यापी चिप निर्माताहरूलाई आकर्षित गर्न सक्षम भएको छ। देशले २०३० सम्म विश्वव्यापी चिप उत्पादन ब्लकको हिस्सा दोब्बरले बढाएर २० प्रतिशत गर्ने लक्ष्य राखेको छ।

इन्टेलले गत महिना म्याग्डेबर्गमा दुईवटा चिप बनाउने प्लान्टहरू विकास गर्न ३० अर्ब युरोभन्दा बढी लगानी गर्ने योजना राखेको थियो। यो जर्मनीको हालसम्मको सबैभन्दा ठूलो विदेशी लगानीको रुपमा रहेको छ।

मन्त्रालयले ताइवानको सेमीकन्डक्टर निर्माता टीएसएमसीले पनि जर्मनीमा सेमीकन्डक्टर उत्पादन सुविधामा लगानी गर्न इच्छुक रहेको र मन्त्रालयले लगानीको निर्णयमा कम्पनीसँग वार्तालाभ गरिरहेको बताएको छ।
विश्वको सबैभन्दा ठूलो चिप निर्माता टीएसएमसी सन् २०२१ देखि जर्मनीको सक्सोनी राज्यसँग ड्रेस्डेनमा फेब्रिकेशन प्लान्ट, वा ‘फ्याब’ निर्माण गर्ने बारे वार्तामा छ।

कुल प्याकेज मध्ये, इन्टेलले करिब १० अर्ब युरोको सब्सिडी पाउनेछ। बाँकी रकम इन्फिनोन, टीएसएमसी र ग्लोबल फाउन्डरीज कम्पनीले प्राप्त गर्ने रोयटर्सले उल्लेख गरेको छ। मन्त्रालयले इन्फिनोन, टीएसएमसी र ग्लोबल फाउन्डरीजको भागमा सब्सिडी रकम कति पर्नेछ भनेर खुलाएको छैन।
यो रकम २०२४ देखि जलवायु तथा रूपान्तरण कोषबाट लिइने छ, मन्त्रालयले युरोपेली आयोगको स्वीकृतिपछि मात्र व्यक्तिगत परियोजनाका लागि रकम दिन सक्ने बताएको छ।

प्रकाशित: १० श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei He Tingbo named to TIME’S fourth annual list of the TIME100 AI

  • Technology Khabar
  • १० श्रावण २०८०, बुधबार