
काठमाडौं ।
भारतीय हवाईसेवा कम्पनी एयर इन्डियाका अधिकारीहरूले सम्भावित सहकार्यबारे छलफल गर्न एप्पलका अधिकारीहरूसँग भेटेको एयर इन्डियाको लीक भएको एक आन्तरिक मेमोले खुलासा गरेको छ। सीईओ क्याम्पबेल विल्सनको नेतृत्वमा एयर इन्डियाको टोलीले हालसालै एप्पलको मुख्यालयको भ्रमण गरेको थियो। साथै डिपर कोल्याबरेसन (गहिरो सहकार्य) का लागि अवसरहरू खोज्न भनेर उक्त बैठक आयोजना गरिएको मेमोले प्रकाश पारेको छ।
लीक भएको उक्त मेमो सीईओ, विल्सनबाट आएको थियो र इमेलमार्फत एयरलाइनका कर्मचारीहरूलाई पठाइएको एक रिपोर्टमा उल्लेख छ। कम्पनीका अधिकारीहरूले पालो अल्टोमा रहेको एप्पलको मुख्यालयको भ्रमण गरेको उल्लेख छ।
यस अघि एप्पलसँग एयर इन्डियाले पाइलटहरूको लागि इनफ्लाईट नेभिगेसन इन्हान्स गर्न आईप्याडहरू प्रयोग गर्ने बारे छलफल गरेको थियो।
ककपिट भित्र एप्पल आईप्याडहरू प्रयोग गरिएका उदाहरण यस अघि नै उपलब्ध छन्। सन् २०२१ मा डेल्टा एयरलाइन्सले आफ्ना केही पाइलटहरूलाई इक्वीपमेन्ट म्यानुअल्स (उपकरण पुस्तिकाहरू), एन्किलरी डाटा इन फ्लाईट (उडानमा सहायक डाटा) र फ्लाईट चार्टस (उडान चार्टहरू)लाई द्रुतरूपमा कल गर्न मद्दत गर्नका लागि भनेर आईप्याडहरू जारी गरेको थियो। साथै यो पाइलटहरूले बोक्ने वजनदार फ्लाईट ब्याग (उडान झोला) को विकल्प रहेको थियो।
त्यसैगरी उक्त कदममार्फत ग्राउण्ड वा फ्लाईट क्रूजसँग सञ्चार गर्दा पाइलटहरूको इन–फ्लाईट गतिविधिहरू छिटो हुने अपेक्षा गरिएको थियो।
एयर इन्डियाले पनि आफ्ना पाइलटहरूका लागि उडान सञ्चालन बढाउन लागि भनेर आईप्याडहरू ल्याउने योजना बनाउन सक्ने उल्लेख गरिएको छ।
गत मे महिनामा एप्पलको सबैभन्दा ठूलो आईप्याड ग्राहकहरू मध्ये एक भएको एयर इन्डियाले घोषणा गरेको थियो। यद्यपि आईप्याड डिप्लोइमेन्ट भन्दा बाहिर क्युपर्टिनो कम्पनीसँग एयर इण्डियाको अझ विस्तृत सहकार्य छ कि छैन भन्ने बारेमा अस्पष्ट रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ९ श्रावण २०८०, मंगलवार