चिनियाँ टेक कम्पनी बेइदूलाई शेन्जेनमा रोबोट्याक्सीहरूको लागि व्यावसायिक इजाजतपत्र

  • Technology Khabar | ३ असार २०८०, आईतवार
चिनियाँ टेक कम्पनी बेइदूलाई शेन्जेनमा रोबोट्याक्सीहरूको लागि व्यावसायिक इजाजतपत्र

काठमाडौं ।

चीनको प्रविधि फर्म बेइदू इंकले देशको टेक हब शेन्जेनका केही भागहरूमा चालकविहीन सवारी चलाउने सेवाका लागि नियामकहरूबाट व्यावसायिक इजाजतपत्र प्राप्त गरेको बताएको छ।

अपोलो गो ब्रान्ड अन्तर्गत चालकविहीन रोबोट्याक्सीहरूको फ्लीटलाई सेन्जेनमा १८८ वर्ग किलोमिटर (११६.८२ वर्ग माइल) क्षेत्रफलमा यात्रुहरूबाट भाडा सङ्कलन गर्न अनुमति दिइने कम्पनीले भनेको छ।

बेइदूले सन् २०२२ मा पहिलो पटक सेन्जेनमा सेल्फ ड्राइभिङ कारहरू ल्यायो तर त्यसपछि त्यसका कारहरूलाई मानव पर्यवेक्षक बिना सडकमा जान अनुमति दिइएन। यसको फ्लीटलाई यात्रुहरूबाट भाडा लिन पनि निषेध गरिएको थियो।

बेइदूले चीनका अन्य तीन शहर वुहान, चोङकिङ र बेइजिङबाट त्यहाँ पूर्णरूपमा चालकविहीन सेवा उपलब्ध गराउन इजाजतपत्र प्राप्त गरेको छ। तर बेइजिङ शहरमा, कम्पनी अझै पनि व्यावसायिक इजाजतपत्रको लागि पर्खिरहेको छ।

बेइदूले यो वर्ष सडकमा थप २०० पूर्ण चालकविहीन रोबोट्याक्सी राख्ने योजना रहेको पनि बताएको छ।

प्रकाशित: ३ असार २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Huawei He Tingbo named to TIME’S fourth annual list of the TIME100 AI

  • Technology Khabar
  • ३ असार २०८०, आईतवार