भिभो टीडब्ल्यूएस एयर प्रो घोषणा, ३० घण्टा ब्याट्री लाइफ प्रदान गर्ने

  • Technology Khabar | १८ जेष्ठ २०८०, बिहीबार
भिभो टीडब्ल्यूएस एयर प्रो घोषणा, ३० घण्टा ब्याट्री लाइफ प्रदान गर्ने

काठमाडौं ।

भिभो एस१७ र एस१७ प्रो को साथमा भिभो टीडब्ल्यूएस एयर प्रो नामक वायरलेस इयरबड्सको नयाँ जोडी पनि आएको छ। उक्त वायरलेस इयरबड्स भर्खरै घोषणा गरिएको आईक्यूओओ टीडब्ल्यूएस एयर प्रोसँग मिल्दोजुल्दो रहेको छ।

साथै इयरबड्समा १४.२एमएम ड्राइभर्स, एक्टिभ नोइज क्यान्सिलेसन (एएनसी) र तिनीहरूको चार्जिङ केसको साथ ३० घण्टाको ब्याट्री लाइफ रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यस नयाँ वायरलेस इयरबड्सलाई ब्लुटुथ ५.३ मार्फत जोड्न मिल्नुका साथै बड्सले एएसी र एसबीसी अडियो कोडेक्स पनि समर्थन गर्ने बताइएको छ।

त्यसै गरी इयरबड्समा वाटर स्प्ल्याश रेजीस्टेन्स (प्रतिरोध) को लागि आईपी५४ रेटिङ्गको साथै डुअल पेरिङ्ग, फाइण्ड माई इयरबड्स फङ्गसन र लो–लेटेन्सी गेम मोड पनि प्राप्त हुने उल्लेख छ।

भिभो टीडब्ल्यूएस एयर प्रो नामक वायरलेस इयरबड्सको मूल्य २९९ युआन (४२ डलर) रहेको र भिभाको आधिकारिक वेब स्टोरबाट खरिद गर्न सकिने बताइएको छ।

प्रकाशित: १८ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

सार्वजनिक यातायातमा प्रविधिको निगरानी

  • Technology Khabar
  • १८ जेष्ठ २०८०, बिहीबार
Desktop Popup ImageMobile Popup Image×