
काठमाडौं ।
नेपालमा सर्वाधिक पुरस्कार राशीको पब्जी मोबाइल प्रतियोगिता नेपाल सिरिज आयेजना हुने भएको छ। पब्जी मोबाइल नेपाल सिरिजको लागि हाल रिजिस्ट्रेसन (दर्ता) खुल्ला रहेको छ।
कुल १० लाख पुरस्कार राशीको प्रतियोगिता २७ मेदेखि सुरु हुनेछ। २७ मेमा दर्ता भएका टिम बीच खुल्ला प्रतिस्पर्धा हुनेछ। खुल्ला प्रतिस्पर्धाबाट ग्रुप चरणका लागि २५६ टिम छनोट हुनेछ। उक्त ग्रुप चरण जुन ५ देखि सुरु हुनेछ। त्यहाँबाट छनोट हुने ६४ ओटा टिम जुन १० मा फेरि एक अर्का सँग प्रतिस्पर्धा गर्नेछन्।
ग्रुप अफ ६४ बाट २४ अटो टिम सेमिफाइनलका लागि छनोट हुनेछ। सेमिफाइनल जुन १६ देखि सुरु हुनेछ। जुन २३ मा हुने फाइनलका लागि १६ टिमले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको शीर्ष २ स्थानमा आउने टिम २०२४ पीएमपीएल क्वालिफायरका लागि छनोट हुनेछन्।
प्रकाशित: ४ जेष्ठ २०८०, बिहीबार