आईफोन १६ प्रो सिरिजमा ठूलो डिस्प्ले र पेरिस्कोप क्यामरा समावेश गरिने

  • Technology Khabar | ४ जेष्ठ २०८०, बिहीबार
आईफोन १६ प्रो सिरिजमा ठूलो डिस्प्ले र पेरिस्कोप क्यामरा समावेश गरिने

काठमाडौं ।

एप्पलले यस वर्षको आगामी जाडो मौसममा आईफोन १५ सिरिज लन्च गर्ने अपेक्षा गरिएको छ। त्यसैगरी आईफोन १६ जेनेरेशनको बारेमा चर्चाहरू पनि महिनौँदेखि चलिरहेको छ। हालै प्रख्यात एप्पल विश्लेषक मिङ्ग ची कुओले आफ्नो पछिल्लो अपडेटमा आईफोन १६ प्रो र १६ प्रो प्लसमा ठूला डिस्प्ले साइज र पेरिस्कोप क्यामरा सेन्सरहरू प्रदान गर्ने बताएका छन्।

आईफोन १६ प्रो मा ६.३ इन्चको स्क्रिन समावेश गरिने बताइएको भने १६ प्रो म्याक्सको प्यानल ६.९ इन्चको हुने अपेक्षा गरिएको छ। उक्त स्ट्याण्डर्डले आईफोन १४ प्रो जेनरेशनको तुलनामा ०.२ इन्चको वृद्धि भएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

त्यसैगरी ठूला फुटप्रिन्टहरूले एप्पलका इन्जिनियरहरूलाई आईफोन १६ प्रो को दुबै मोडलहरूमा पेरिस्कोप लेन्स फिट गर्न अनुमति दिनेछ। अपग्रेड गरिएका जुम क्यामराहरूले कथित रूपमा ५–६ह अप्टिकल जूम प्रदान गर्ने र उक्त लेन्सहरु कोवेल ई-होल्डिङ्गसद्वारा आपूर्ति गरिने बताइएको छ।

हालका चर्चाहरूकाअनुसार आईफोन १५ प्रो म्याक्समा पनि पेरिस्कोप लेन्स समावेश गरिने छ। यद्यपी सानो १५ प्रो मा भने उक्त पेरिस्कोप लेन्स नरहने बताइएको छ। त्यसैगरी यसअघिका रिपोर्टहरूले १६ प्रो सिरिजमा थप इमर्सिभ फूल–भ्यू डिस्प्लेको लागि डिस्प्लेलाई फेस आईडी सोलुसन अन्तर्गत ल्याउने उल्लेख गरेको बताइएको छ।

प्रकाशित: ४ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार