
काठमाडौं ।
२०२१ मा राम्रो प्रशंसा बटुलेको शाओमी एमआई ११ अल्ट्रा पछि प्रयोगकर्ताहरु १२ अल्ट्राको प्रतिक्षामा छन्। तर कम्पनीले १२एस अल्ट्राको घोषणा गरेपछि कम्पनीले ह्यान्डसेटलाई विश्वव्यापी रूपमा रिलिज नगर्ने निर्णय गरेको थियो। २०२२ मा सम्भवतः सबै कम्पनीले चिपको अभाव अनुभव गरिरहेका थिए र सोही कारणले गर्दा कम्पनीले उक्त निर्णय गरेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
तथापि, यस वर्ष भने शाओमी १३ अल्ट्रा विश्वव्यापी बजारमा पुग्ने संकेत गरिएको र यस सम्बन्धी लीक एकदम प्रतिष्ठित स्रोतबाट आएको दाबी गरिएको छ। साथै सोही रिपोर्टल ओप्पोको फ्ल्यागशिप फाइन्ड एक्स६ प्रो चीन बाहिरको बजारमा नपुग्ने थप उल्लेख गरेको भनी बताइएको छ।
साथै अपेक्षा गरेको जस्तै, शाओमी १३ अल्ट्रा एक वास्तविक क्यामेरा पावरहाउस हुने बताइएको छ।
प्रकाशित: २९ फाल्गुन २०७९, सोमबार