एप्पलले एप स्टोर मूल्य प्रणालीलाई सुधार गर्यो

  • Technology Khabar | २६ फाल्गुन २०७९, शुक्रबार
एप्पलले एप स्टोर मूल्य प्रणालीलाई सुधार गर्यो

काठमाडौं ।

एप्पलले एप स्टोरमा नयाँ मूल्य प्रणाली अपनाउने खुलासा गर्दै डेभलपर डकुमेन्टेसन (विकासकर्ता कागजात) जारी गरेको छ। डेभलपरहरुलाई ९०० विकल्पहरू बीच छनौट गर्न अनुमति दिँदै कम्पनीले अब प्राइस पोइन्टको अंक १० गुणाले वृद्धि गर्ने उल्लेख गरिएको छ।

यो रहिरहेको अमेरिकी डलरको ०.९९ पर स्टेप सिस्टममा यो एक प्रमुख कदम हो र विकासकर्ताहरूले छनोट गरेको खण्डमा तिनीहरूले (होल नम्बर भ्यालु) पूर्ण–संख्या मानहरू तय गर्न सक्ने बताइएको छ।

एपहरूको मूल्य र इन–एप खरिदहरू ०.२९ अमेरिकी डलर देखि सुरु हुने र विकासकर्ताले १०,००० अमेरिकी डलरसम्म उच्च मूल्य चार्ज गर्न सक्ने बताइएको छ। यद्यपि यसको लागि भने एप्पलबाट विशेष अनुमति चाहिने उल्लेख गरिएको छ। साथै नयाँ चरणहरूले प्रत्येक ०.१० डलर अन्तराल १० डलर सम्म वा प्रत्येक ०.०५ डलर अन्तराल ५० डलरसम्म समावेश गरिने बताइएको छ।

डेभलपरहरूले “ग्लोबल्ली इक्युलाइज्ड प्राइसेज” प्रयोग गर्न पनि सक्षम हुने र यसले प्रत्येक देश वा क्षेत्रमा सबैभन्दा कमन प्राइसिङ कन्भेन्सन्स पालना गर्ने उल्लेख गरिएको छ। डेभलपरहरूलाई आफ्ना प्रयोगकर्ताहरूलाई “अनुकूलित सेवाहरू” (कस्टमाइज्ड सर्भिसेस्) प्रदान गर्न अनुमति दिनको लागि एपहरूको उपलब्धता र इन–एप खरिदहरूलाई क्षेत्रीयकरण गर्न सकिने बताइएको छ।

२०२३ को मे ९ मा, एप्पलले सबै १७५ एप स्टोर स्टोरफ्रन्टहरूमा अवस्थित एपहरू र वान–टाइम इन–एप खरिदहरूको लागि मूल्य अपडेट गर्नेछ। साथै विश्वव्यापी रूपमा समान लागतलाई “वित्तीय डाटा सल्लाहकारहरूबाट सार्वजनिक रूपमा उपलब्ध विनिमय दर जानकारी प्रयोग गरी अनुकूलित गरिने प्रेस विज्ञप्तिमा भनिएको उल्लेख गरिएको छ।

यदि डेभलपरहरूले समयसीमा अघि अपडेट गर्न असफल भएमा, एप्पलले आधारभूत अमेरिकी डलर मूल्यमा रूपान्तरणको आधारमा तिनीहरूका लागि अपडेट गरिदिने थप बताइएको छ।

प्रकाशित: २६ फाल्गुन २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...