नेपालको ई-कमर्शमार्फत महिला सशक्तिकरण गर्दै ‘ताभीसी द स्टोरी’

  • Technology Khabar | २३ फाल्गुन २०७९, मंगलवार
नेपालको ई-कमर्शमार्फत महिला सशक्तिकरण गर्दै ‘ताभीसी द स्टोरी’

काठमाडौं ।

ताभीसी द स्टोरी प्रालि एक युवा अवस्थाको आशाजनक महिला–नेतृत्वको उद्यम हो जसले छाटो समयमा नै ई–कमर्श उद्योगमा धेरैको ध्यान आकर्षित गरिरहेको छ। गत वर्ष २०२२ को नोभेम्बरमा (लन्च) सुरु भएको कम्पनी एक संयुक्त र समावेशी अनलाइन किनमेल वेबसाइटका साथै डिजिटल पत्रिका कम्पनी हो, जुन नेपालमा अनलाइन रिटेल र मिडिया स्पेसलाई रूपान्तरण गर्न प्रतिबद्ध भएको जनाएको छ।

ताभीसी एक संस्कृत शब्द हो जसले बल, शक्ति र साहसलाई जनाउँछ। उक्त इन्टरप्राइजले इमान्दार, स्पष्ट, खुला र आकर्षक कुराकानीलाई बढावा दिने र समान विचारधारा भएका व्यक्तिहरूको समुदाय निर्माण गर्ने लक्ष्य राखेको छ – एक पटकमा एक खरिद, एउटा कथा (वान परचेज, वान स्टारी एट अ टाईम)।

कार्यकारी अध्यक्ष पलास जोशी र निर्देशक सहारा जोशीले ताभीसीको सह–स्थापना गरेका हुन्। ताभीसीले डिजिटल पत्रिका ‘ताभ द स्टोरी’ सँग एक ई–कमर्स वेबसाइट ‘ताभ द सप’ लाई एकीकृत गर्दछ र अनलाइन सपिङ प्लेटफर्मले वास्तविक उत्पादनहरू र प्रामाणिक कुराकानीहरूमा ध्यान केन्द्रित गरेको हुनाले द्रुत रूपमा लोकप्रियता प्राप्त गरेको बताईएको छ।

ताभ द शप महिलाहरूको लागि एक–स्टप–शप भएको र यसले क्युरेटेड गुणस्तरका उत्पादनहरूमा पहुँचको सहजता र प्रामाणिक जानकारी प्रदान गर्दै ग्राहकहरूलाई सूचित निर्णय गर्न मद्दत गर्नेछ। यस वेबसाइटले महिलाहरूको व्यस्त जीवनलाई उनीहरूको किनमेल अनुभवलाई थप जानकारीपूर्ण, सुविधाजनक र झन्झटमुक्त बनाएर सहज बनाउने छ।

डेलिभरीको लागि पर्यावरणमैत्री र पुनः प्रयोज्य प्याकेजिङ लागू गरेर दिगोपनको लागि प्रतिबद्धता रहेको कम्पनीको भनाई छ।

विशेष गरी महिलाहरूका लागि क्युरेटेड ताभ द शपले ६ वटा फोकल कोटीहरूमा साना र ठूला व्यवसायहरू समावेश गरी चयन गरिएका स्थानीय (१३) र अन्तर्राष्ट्रिय (४०) ब्रान्डहरूबाट गुणस्तरीय उत्पादनहरूको विभिन्न सङ्ग्रह उपलब्ध गराउँछ। सौन्दर्य खण्ड (ब्यूटी सेगमेन्ट)ले छालाको हेरचाह, कपालको हेरचाह, नुहाउने (बाथ एण्ड बडीप्रोडक्टस्, मेकअप समावेश गरिएको र फेसन तर्फ फेसन खण्डमा गहना, झोला र जुत्ताहरू समावेश गरिएका छन्।

त्यसैगरी, (मम एण्ड बेबी) आमा र बच्चा खण्डमा खुवाउने र पोषण उत्पादनहरू, खेलौना, गेम्स एण्ड पजल्समा कला र शैक्षिक खेलौनाहरूका साथै बच्चाको लागि आवश्यक चीजहरू जस्तै डायपर, लामखुट्टे भगाउने मस्कीटो रिपेलेन्टस् र बच्चाको छाला हेरचाह उत्पादनहरू समावेश रहेका छन्। हेल्दी लिभिङ (स्वस्थ जीवन) मा सुपरफुडहरू, पूरकहरू, आवश्यक तेल र चिया जस्ता स्वास्थ्य उत्पादनहरूका साथै महिनावारी कप, ट्याम्पोन र सेनेटरी प्याडहरू समवेश गरिएको छ।

होम र डेकोर कम्पोनेन्ट तर्फ ल्याम्पसेड र टेबल ल्याम्प, मैनबत्ती र मैनबत्ती होल्डरदेखि लिएर भान्छाका सामानहरूसम्मका लागि आवश्यक पर्ने सबै कुराहरू समेट्ने लक्ष्य राखेको छ। साथै गिफ्ट्स वी लभ खण्डले महिलाहरूका लागि ताभिसीले गिफ्टगिभिङ एक सरल, अधिक पहुँचयोग्य र रमाइलो अनुभवमा रुपान्तरणमा गरिदिने आशा राखेको छ।

कम्पनीकाअनुसार ताभीसीको हरेक डेलिभरी जुट प्याकेजिङमा उपलब्ध छन्। सर्कुलर इकोनोमी मोडेलबाट उत्प्रेरित रहेको ताभ प्याकेजिङले सामग्रीको आयु बढाउने, नयाँ प्याकेजिङ उत्पादनको माग घटाउने र यसका साथसाथै समुदायमा बढ्दो सर्कुलर मानसिकतालाई बढावा दिने उद्देश्यले दिगो प्याकेजिङ विधिहरू अँगालेको छ।

विश्वभर ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने तयारी गरिरहेको बेला, यस वर्षको आईडब्लुडीको विषयवस्तु “डिजिटलः लैङ्गिक समानताका लागि नवप्रवर्तन र प्रविधि” रहेकोमा कम्पनीले महिला उद्यमीहरूलाई उनीहरूको अनलाइन सपिङ प्लेटफर्म मार्फत फराकिलो ग्राहक आधारमा पहुँच प्रदान गर्नेदेखि लिएर महिला प्रयोगकर्ताहरूलाई अनलाइन सामग्रीमा संलग्न हुन प्रोत्साहित गर्न, इन्टरनेटमा सजिलै उपलब्ध हुने जानकारीका आधारमा सूचित निर्णयहरू लिन र डिजिटल अर्थतन्त्रको सक्रिय हिस्सा बन्न प्रेरित गर्ने जनाएको छ।

प्रकाशित: २३ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार