जापानको एच ३ रकेटको दोस्रो प्रक्षेपण असफल

  • Technology Khabar | २३ फाल्गुन २०७९, मंगलवार
जापानको एच ३ रकेटको दोस्रो प्रक्षेपण असफल

काठमाडौं ।

जापानको अर्को पुस्ताको एच ३ रकेट मंगलबार ‘लिफ्ट अफ’ पछि असफल भएको छ। अन्तरिक्ष एजेन्सीले मिसन सफल हुन नसक्ने देखेपछि विस्फोटको कमाण्ड दिएको थियो।

रकेट गत महिना आफ्नो पहिलो प्रयासमा पनि उठाउन असफल भएपछि यो असफलता जापानको अन्तरिक्ष एजेन्सी जाक्साको लागी एक झटका भएको एएफपीले जनाएको छ।

दक्षिणपश्चिमी जापानको तानेगाशिमा स्पेस सेन्टरबाट मंगलबारको प्रक्षेपण प्रारम्भमा सफल भएको देखिन्छ,र फ्ल्यागशिप रकेटले स्थानीय समयअनुसार बिहान १०:३७ बजेमा उडान भरेको थियो।

पहिलो चरणको ‘छुट्टिने’ प्रकृया योजना अनुसार चलेको देखिन्छ, तर चाँडै पछि समस्या भएको संकेत देखा पर्यो।

“यस्तो देखिन्छ कि भेलोसिटी अर्थात गति कम हुँदैछ,” जाक्सा लाइभ फिडमा उद्घोषकहरूले भने। त्यसपछि कमाण्ड सेन्टरले घोषणा गरे, “दोस्रो चरणको इन्जिन इग्निशन अझै पुष्टि भएको छैन, हामी स्थिति पुष्टि गर्न जारी राख्छौं।”

“हामी हाल स्थिति जाँच गर्दैछौं। कृपया पर्खनुहोस्” भन्ने सन्देशसहित लाइभ फिडलाई छोटो समयका लागि रोकिएको थियो।

जब लाइभ फेरि सुरु भयो, कमाण्ड सेन्टरले समाचार घोषणा गर्यो। “डिस्ट्रक्ट कमाण्ड एच ३ मा पठाइएको छ किनभने त्यहाँ मिसन हासिल गर्ने कुनै सम्भावना थिएन।”

रिपोर्टअनुसार प्रक्षेपण किन असफल भयो भन्ने बारे तत्काल कुनै स्पष्टीकरण आएको छैन।

एच ३ एक अवलोकन भूउपग्रहको लागी एक प्रक्षेपण वाहन हो, र रकेट स्पेसएक्सको फाल्कन ९ को सम्भावित प्रतियोगीको रूपमा राखिएको छ।

प्रकाशित: २३ फाल्गुन २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २३ फाल्गुन २०७९, मंगलवार