
काठमाडौं ।
सामसङ डिस्प्लेले आफ्नो पछिल्लो प्रोडक्टको रुपमा फ्लेक्स हाइब्रिड ओएलईडीको घोषणा गरेको छ। फोल्ड र स्लाइड गर्न मिल्ने उक्त प्यानललाई भविष्यका स्मार्टफोन, ट्याबलेट र ल्यापटपमा समावेश गर्न मिल्ने बताइएको छ। प्यानललाई एकातिरबाट अनफोल्ड गरेपछि स्लाइड गरेको खण्डमा ४ः३ रेसियो सहितको १०।५ इन्चको ठूलो डिस्प्लेमा परिणत गर्न मिल्ने भनी बताइएको छ। साथै नियमित स्मार्टफोनहरुको फुटप्रिण्टको लागि योग्य हुने १६ः१० रेसियो सहितको १२.४ इन्चको प्यानल अझ ठूलो भएको बताइएको छ।
आगामि हप्ता लस भेगासमा आयोजना गरिने सीईएस २०२३ कार्यक्रममा उक्त नयाँ प्रोडक्टको साथै थप दुईओटा स्लाइड गर्न मिल्ने प्यानलअरु पनि प्रदर्शनीमा राखिने बताइएको छ।

फ्लेक्स स्लाइडएबल सोलो र फ्लेक्स स्लाइडएबल डुएट प्रोजेक्टसहरु एक वा दुई साइडबाटै तान्न मिल्ने र त्यसपश्चात १४ इन्चको ओएलइडी फैलिएर १७.३ इन्चको स्क्रिन बन्नेछ। सबै प्यानलहरु टच सेनसेटिभ भएको हुनाले यसले स्मार्टफोन निर्माताहरुलाई मोबाइल फोनको पुनः आविष्कारको मार्गमा मद्दत पुग्ने बताइएको छ।
त्यसैगरी सीईएस २०२३ कार्यक्रममा सामसङ डिस्प्लेले टिभी र मोनिटरहरुका लागि लक्षित नयाँ क्यूडी-ओएलईडी प्यानल पनि डेब्यू गराईन लागेको बताइएको छ। उक्त प्यानलहरुको अपेक्षित साइजहरु ७७, ६५, ५५र ३४ को साथै ४९ को अल्ट्रा-वाइड भरियन्ट रहेको बताइएको छ।
प्रकाशित: २२ पुष २०७९, शुक्रबार