होन्डा एकोर्ड टुरिङ कारमा बिल्ट-ईन गुगल एप

  • Technology Khabar | २९ मंसिर २०७९, बिहीबार

काठमाडौं ।

होन्डाले गुगल सर्भिसलाई अँगाल्दै अटोमेकरहरुको समुहमा आफूलाई समेल गराएको छ। २०२३ एकोर्ड सेडानको हाई एन्ड टुरिङ ट्रिम गाडीले गुगल एपलाई बिल्ट-ईन फिचरको रुपमा समावेस गरी गुगल एप प्रयोग गर्ने ब्राण्डकै पहिलो कार बनेको छ। गाडीमा राखिएको १२.३ ईन्चको ईन्फोटेनमेन्ट डिस्प्लेको मार्फत गुगल एस्सिटेन्ट, गुगल म्याप्स र प्ले स्टोर लगायत गुगल एपहरुको एक्सेस प्राप्त हुने उल्लेख गरिएको छ। त्यसैगरी उक्त एप मार्फत बिना फोनको सहायताले आफ्नो रुचि अनुसारको मनपर्ने म्यूजिक एप डाउनलोड वा नेभिगेट देखि लिएर क्लाईमेट कन्ट्रोल ट्विक गर्न मिल्छ।

तत्काललाई उक्त गुगल फिचरको मूल्य खुलाइएको छैन। जनरल मोटर कम्पनीले भने आफ्नो जीएमसी युकोन गाडीमा तीन वर्षको लागि गुगल बिल्ट–ईन एक्सेस निःशुल्क उपलब्ध गराउने बताएको छ। यद्यपि मासिक सबस्क्रीपसनको लागि भने १५ अमेरिकी डलर तिर्नू पर्ने थप उल्लेख गरिएको छ।

एकोर्ड टुरिङ गाडीले एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने छ भनी उल्लेख गरिएको छ। त्यसैगरी फोनलाई सञ्चालन गर्नका लागि गाडीमा १५ वाटको वाएरलेस चार्जिङको सुविधा छ।

होन्डाले आफ्नो अन्य कुन–कुन गाडीहरुमा यो फिचरलाई समावेस गर्ने भनेर खुलाएको छैन। त्यसैगरी होन्डाले प्रोलोग ईभी र फ्यूचर मोडलहरुमा उक्त टेकनोलोजी समावेस गरेको खण्डमा त्यसमा कुनै अचम्म मान्नु नपर्ने बताइएको छ। भोल्भो, पोलस्टार, रेनो र जीएमसी अटोमेकर लगायत कम्पनीहरुलाई प्रतिद्वन्द्वीको संज्ञा दिँदै उनीहरुले उक्त टेकनोलोजी समावेस गरिसकेको होन्डाले बताएको छ। त्यसैगरी फोर्डले सन् २०२३ को शुरुवातसंगै उक्त टेकनोलोजी समावेस गर्ने बताएको छ।

गुगलले भने आफ्नो एप सकेसम्म धेरै अटोमेकर कम्पनीहरुले आ-आफ्नो गाडीहरुमा समावेस गरुन् भनेर प्रोत्साहन गरी रहेको छ। केहि गाडीहरुमा अमेजन एलेक्सा उपलब्ध गराई सकिएको र म्यानुफ्याकचरहरुले यसमाथि थप नियन्त्रण हासिल गरेको बताइएको छ।

तत्काललाई एप्पलको भने कारहरुको लागि भनेर त्यस्तो कुनै स्ट्याण्ड अलोन प्ल्याटफर्म नभई हालेको र यद्यपि नयाँ पुस्ताको कारप्ले ले ड्यासमा प्रभावकारी छाप अवश्य पर्ने बताएको छ।

गुगलले यदि पर्याप्त संख्यामा सभेदारहरु कमाउन नसकेको खण्डमा भने अटोमोटिभ दुनियाबाट आफ्नो प्रभाव गुमाउने जोखिम रहने छ।

प्रकाशित: २९ मंसिर २०७९, बिहीबार

तपाइको प्रतिक्रिया