बीवाईडीका सबै इभीमा नबिल बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ्ग गर्ने

  • Technology Khabar | २२ मंसिर २०७९, बिहीबार
बीवाईडीका सबै इभीमा नबिल बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ्ग गर्ने

काठमाडौं ।

नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक सिमेक्स इंक प्रालि र नबिल बैंकले बुधबार, बीवाइडी सवारी साधनहरूको इभी फाइनान्सिङ्गको लागि सहकार्य गर्न एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

नबिल बैंकले बीवाईडीका विद्युतीय सवारीमा ८० प्रतिशतसम्म बैंक वित्तिय लगानी उपलब्ध गराउने छ।

यस सहकार्यले बीवाइडीबाट सवारी साधनहरू खरिद गर्न खोज्ने ग्राहकहरूलाई सजिलो रिटेल वित्तपोषण प्रदान गर्ने लक्ष्य राखेको छ। सम्झौताअनुसार ग्राहकले नबिल बैंकका सबै शाखाबाट ७ वर्षसम्मका लागि १२.९९ प्रतिशत ब्याजदरमा सहज कर्जा सुविधा पाउनेछन्। केवल २० प्रतिशत डाउन पेमेन्टमा, ग्राहकहरूले अब बीवाईडी इलेक्ट्रिक गाडीको स्वामित्व लिन सक्नेछन्।

सिमेक्सले नेपाली बजारमा बीवाइडी एट्टो ३८९.९ लाख रुपैयाँ र अल न्यू ई६ ५९ लाख रुपैयाँमा उपलब्ध गराउँदै आएको जनाएको छ।

प्रकाशित: २२ मंसिर २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार