भारतमा अर्को वर्ष इलेक्ट्रिक सवारी पेट्रोल कार जतिकै सस्तो हुने

  • Technology Khabar | १९ कार्तिक २०७९, शनिबार
भारतमा अर्को वर्ष इलेक्ट्रिक सवारी पेट्रोल कार जतिकै सस्तो हुने

काठमाडौं ।

भारत सरकारको सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले इलेक्ट्रिक सवारीसाधन पेट्रोलियम सवारी जस्ते सस्तो हुने बताएका छन्।

भारतमा इलेक्ट्रिक सवारीसाधनको बिक्री ८०० प्रतिशत वृद्धि भएको र हालसम्म भारतमा कुल १७ लाख इलेक्ट्रिक सवारी रजिस्टर भएको जानकारी दिएका छन्।

उनले भारतमा सार्वजनिक बसलाई पनि इलेक्ट्रिक अवतारमा ल्याए पछि उत्सर्जन शन्य बनाउन सकिने बताएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

भारतमा कुल साढे १ लाख सार्वजनिक बस छ। जसमा ९३ प्रतिशत डिजलबाट सञ्चालन भइरहेको छ। यो डाटामा आउटडेटेड तथा अनफिट बस पनि रहेको छ। भारत सरकारले यी बसलाई इलेक्ट्रिक अवतारमा ल्याउने तयारी गरिरहेको छ। यो कति सम्भव हुन्छ भन्ने हेर्न बाँकी छ।

नितिन गडकरीका अनुसार भारत सरकारले निकट भविष्यमा हाइड्रोजन पावर कार उत्पादन गर्ने तयारी शुरु गरिसकेको छ।

प्रकाशित: १९ कार्तिक २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Artemis astronauts pass half-way point on way to Moon

  • Technology Khabar
  • १९ कार्तिक २०७९, शनिबार