
काठमाडौं ।
आईफोन १४ सिरिज सार्वजनिक भएसँगै एप्पलले आईओएस १६ उपलब्ध गराउने घोषणा गरेको छ।
कम्पनीले आगामी सोमबार २७ गतेदेखि आईफोन मोडेलका लागि नयाँ अपडेट आईओएस १६ उपलब्ध गराउने भएको हो।
त्यसैगरी एप्पलले स्मार्टवाचका लागि वाचओएस ९ समेत सार्वजनिक गर्ने जनाएको हो।
तपाईँले आफ्नो एप्पल स्मार्टवाचलाई वाचओएस ९ मा अपडेट गर्न फोनलाई आईओएस १६ मा अपडेट गर्नुपर्ने हुन्छ।
आईओएस १६ र वाचओएस ९ गत जुन महिनामा एप्पलको एन्नुअल डेभलपर कन्फेरेन्समा सार्वजनिक गरेको थियो ।
प्रकाशित: २४ भाद्र २०७९, शुक्रबार