टेक्नो स्पार्क ९ सार्वजनिक, सुलभ मुल्यमा शक्तिशाली र्याम

  • Technology Khabar | २ श्रावण २०७९, सोमबार

काठमाडौं ।

टेक्नो स्पार्क ९ मोबाइल सार्वजनिक भएको छ।

मोबाइलमा शक्तिशाली र्याम रहेको छ। गुणस्तर र गोपनियता सहितको कालो र स्काई मिरर रङको टेक्नो स्पार्कमा सहितको पिक्सल क्यामेरा, १२८ जीबीको स्टोरेज, माइक्रो एचडी कार्ड सहित विभिन्न आधुनिक सुविधाहरु रहेका छन्।

भारतमा आज साउनको पहिलो सोमबारमा लञ्च भएपनि ५ दिन पछि अर्थात् २३ जुलाई २०२२ देखि नेपाल सहित विश्व बजारमा पुग्ने टेक्नो स्पार्कले जनाएको छ।

मोबाइल सुलभ मुल्यमा बजारमा आएको कम्पनीले दाबी गरेको अमर उजालाले जनाएको छ।

मोबाईलको मूल्य ९ हजार ४९९ भारु तोकिएको छ।

प्रकाशित: २ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया