ओप्पो ए५७ र ओप्पो ए७७ नेपाली बजारमा चाँडै आउँदै

  • Technology Khabar | २७ असार २०७९, सोमबार
ओप्पो ए५७ र ओप्पो ए७७ नेपाली बजारमा चाँडै आउँदै

काठमाडौं ।

विश्वव्यापी रुपमा अग्रणी स्मार्टफोन ब्रान्ड ओप्पोले नेपालमा ओप्पो ए५७ र ओप्पो ए७७ सार्वजनिक गर्ने घोषणा गरेको छ। यी दुई नयाँ स्मार्टफोनहरु लङ्ग लास्टिङ ब्याट्री, फ्ल्यास चार्जिङ र गुणस्तरीय बनावटका साथ भरपर्दो र टिकाउ छन्। यी फोनहरुको कार्यक्षमता मनोरञ्जन का साथै उत्कृष्ट फोटोग्राफीका लागि बेजोड छन् ।

ओप्पो ए – सिरिजहरू ओप्पोको एन्ट्री–लेभल मिड–रेन्ज बजेट स्मार्टफोनहरू हुन्। यो सिरीजमा आधारभूत सुविधाहरू जारी राख्दै अघिल्लो सिरीजको तुलनामा केही सुधारहरू गरिएका छन् । यसमा प्रिमियम टूडी डिजाईन र फ्ल्यागशिप मोडलहरूबाट ट्रिकल–डाउन टेक्नोलोजी प्रयोग गरेको छ । डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्टफोनमा यो एक मात्र स्मार्टफोन हो। यस मोडेलहरुमा भरपर्दो गुणस्तर र गोपनीयता संरक्षण गर्ने सफ्टेवेयरहरु पनि राखिएको छ।

कम्पनीले नेपालमा ओप्पो ए७७ र ओप्पो ए५७ को लागि सार्वजनिक गर्ने मिति तोकेको छैन, यद्यपि यो फोन चाँडै नै सार्वजनिक हुनेछ । कम्पनीले चाँडै सोसल मिडिया ह्यान्डलहरू मार्फत यसको फिचर्स र स्पेकहरुको बारेमा जानकारी दिनेछ।

प्रकाशित: २७ असार २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार