
काठमाडौं ।
कोमाकीले भारतीय बजारमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले कोमाकी डीटी ३००० र कोमाकी एलवाई इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो।
कोमाकी डीटी ३००० को मूल्य १ लाख २२ हजार ५०० भारु र कोमाकी एलवाईको मूल्य ८८ हजार रुपैयाँ तोकिएको छ। दुवै मूल्य एक्स शोरुम हो।
दुवै इलेक्ट्रिक स्कुटर आधुनिक फिचरबाट सुसज्जित भएको कम्पनीको दावी छ।
फिचर
सेल्फ-डायग्नोसि इन्स्ट्रुमेन्ट, डिस्क ब्रेक, मोबाइल चिर्जिङ प्वाइन्ट, नोइज–फ्रि फक्सन, रिभर्स असिस्ट, रिमोट लक, टेलिस्कोपिक सकर, क्रुज कन्ट्रोल र ब्लूटुथ स्पिकरलगायत फिचर छन्।
एन्टी-स्किड फिचर
कोमाकी एलवाई भारतको पहिलो इलेक्ट्रिक स्कुटर रहेको छ जसमा एन्टी-स्किड फिचर छ। जसले इभी क्षेत्रमा ब्रेन्चमार्क बनाउनेछ। स्कुटरलाई सडकमा सुरक्षित र सन्तुलित ड्राइभिङ सुनिश्चिता प्रदान गर्नेगरी डिजाइन गरिएको जागरणले लेखेको छ।
ब्याट्री
कोमाकी डीटी ३००० मा ३००० वाट बीएलडीसी मोटर दिइएको छ भने ६२भी५२एएच पेन्टेट एडभान्स लिथियन ब्याट्री छ। स्कुटरको टप स्पिड ८० किलोमिटर प्रति घण्टा भएको कम्पनीको दावी छ। कोमाकी एलवाईमा लिथियम फेरो फोस्फेट ब्याट्री छ।
रेञ्ज
कोमाकी डीटी ३००० सिंगल चार्जमा १८० देखि २०० किलोमिटरको रेञ्ज प्रदान गर्न सक्षम छ। कोमाकी एलवाईले सिंगल चार्जमा ८० देखि ९० किलोमिटरसम्म गुड्ने जागरणमा लेखिएको छ। युनिटी ट्रेडिङ कन्सर्न प्रालिले नेपाली बजारमा कोमाकीका सवारीसाधन बिक्री वितरण गर्ने गरेको छ।
प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार