
काठमाडौं ।
सरकारले निजी क्षेत्रसँगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ।
सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को लागि सरकारको नीति तथा कार्यक्रम आज संसदको संयुक्त बैठकबाट सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निजी क्षेत्रसँगको सहकार्यमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याउने बताएकी हुन्।
हरित ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै पारम्परिक ऊर्जाको प्रयोगलाई क्रमश: प्रतिस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार