गुगल ट्रान्सलेटको सर्च हिस्ट्री अब आफ्नै एकाउन्टमा सेभ हुने

  • Technology Khabar | २६ बैशाख २०७९, सोमबार
गुगल ट्रान्सलेटको सर्च हिस्ट्री अब आफ्नै एकाउन्टमा सेभ हुने

काठमाडौं ।

गुगल ट्रान्सलेटले अब सर्च हिस्ट्री यूजरको गुगल एकाउन्टमा सेभ गर्ने भएको छ।

सन् २०२० मै आउने भनिएको यो फिचर अब भने आधिकारिक रुपमा शुरु भएको ९टू५गुगलले उल्लेख गरेको छ।

यो फिचर रोल आउट भएको एन्ड्रोइड पुलिसले थाहा पाएको र यो सबै गुगल ट्रान्सलेट प्रयोगकर्ताका लागि उपलब्ध हुने उसको आकलन छ।

अब यूजरका डिभाइसमा म्यानेज हिस्ट्री र यूज ट्रान्सलेट विदाउट एन एकाउन्ट अप्शनसहितको ट्रान्स्लेसन हिस्ट्रीको ब्याकअप राख्ने नोटिफिकेशन आउने पनि समाचारमा उल्लेख छ।

सेटिङ्स सेक्सनमा गएर हिस्ट्री अप्शनमा ट्याप गरी यसअघिका सबै सर्चहरु मितिका आधारमा प्राप्त गर्न सकिनेछ। यीमध्ये कुनै सर्चलाई होमस्क्रीनको माथिपट्टि रहेको स्टार आइकनमार्फत् फेभरेट पनि बनाउन सकिन्छ।

यी सबै हिस्ट्री लोकल हिसाबले देखिने तर गुगल एकाउन्टमा सेभ हुने भएकाले एकाउन्ट लग इन गरेपछि अन्य डिभाइसहरुमा पनि हेर्न सकिने ९टू५गुगलले जनाएको छ।

प्रकाशित: २६ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार